
कोलकाता, 23 मई (हि.स.)। दक्षिण कोलकाताको गड़ियाहाट थाना क्षेत्र स्थित कमला च्याटर्जी गर्ल्स हाई स्कूलमा शनिवार बिहान सवेरै कथित रूपमा एक दल उपद्रवीहरूले भित्र पसेर व्यापक तोड़फोड़ गरे। यस घटनालाई लिएर स्कूल प्रशासन चिन्तित भएको छ।
स्कूल सूत्र अनुसार घटना भोर बिहान लगभग साढ़े चार बजी भएको हो। आरोप छ, केही युवकहरू स्कूलको मुख्य फाटक नाघेर परिसरभित्र पसे। भित्र पस्नसाथ तिनीहरूले एउटा स्कूल भवनमा तोड़फोड़ गर्न शुरू गरे। घटना बारे जानकारी पाउनसाथ स्कूल प्रबन्धनले बिहानदेखि गड़ियाहाट थानामा लिखित सिकायत दर्ता गरायो जसको आधारमा पुलिसले जाँच शुरू गरेको छ।
स्कूल प्रशासनको भनाइ छ, तोड़फोड़ गरिएको भवन स्कूलको सम्पत्ति होइन। त्यस भवनलाई भाड़ामा लिएर प्राथमिक र माध्यमिकका कक्षाहरू सञ्चालन गरिन्छ। उपद्रवीहरूले त्यै भागलाई लक्षित गरेर तोड़फोड़ गरिदिए।
स्कूल परिसरमा रहेको सीसीटीभी क्यामरामा कथित रूपमा सम्पूर्ण घटना कैद भएको छ। फटेजमा देख्न सकिन्छ, सवेरै केही युवकहरू स्कूलको मुख्य द्वारलाई पार गरेर भित्र प्रवेश गरिरहेका छन्। त्यसपछि उनीहरूलाई भवनभित्र पसेर तोड़फोड़ गरेको देख्न सकिन्छ।
जिल्ला स्कूल शिक्षा विभागको सूत्र मुताविक आगामी सोमवार प्रधानाध्यापिकासित बातचित गरी अग्रिम कारबाही तथा सुरक्षा व्यवस्थालाई लिएर निर्णय लिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा