
नयाँ दिल्ली, 23 मई (हि.स.)। दिल्लीको रामलीला मैदानस्थित नेहरू हिल पार्कमा बनाइएको कथित बाख्रा बजारसित सम्बन्धित विवादलाई लिएर भारतीय जनता पार्टी (भाजपा)- का नेता अमित गुप्ताको नेतृत्वमा एक प्रतिनिधिमण्डलले गए शुक्रवार मुख्यमन्त्री रेखा गुप्तासित भेट गरी नगरनिगमद्वारा जारी आवन्टन रसिदलाई रद्द गर्ने अनि मामिलामा कारबाही गर्ने माग गऱ्यो।
प्रतिनिधिमण्डलको आरोप छ, दिल्ली नगरनिगमका अधिकारीहरूद्वारा कथित दबावमा आएर नेहरू हिल पार्कलाई नक्कली नाम आरडब्ल्यूएको नाममा आवन्टन गरिएको छ जसपश्चात त्यहाँ बाख्रा बचार सञ्चालन गरिँदैछ।
भाजपा नेता अमित गुप्ताले दाबी गरे, आवन्टन रसिदमा कतै पनि बाख्रा बजार राख्ने उल्लेख गरिएको छैन। यो “अवैध कब्जालाई वैध बनाउने” प्रयास हो।
भाजपा नेता अमित गुप्ताले भने, माता सुन्दरी रोड, गान्धी मार्केट औ मिन्टो रोड जस्ता मिश्रित जनसङ्ख्या भएको क्षेत्रका नागरिकहरू यस फसेलादेखि असन्तुष्ट छन्। उनले आरोप लगाए, केही असामाजिक तत्वहरूले गत 8 मईदेखि पहिलो पटक पार्कमा बाख्रा बाँधेर बजार शुरू गरेका थिए।
उनले भने, नगरनिगमको हर्टिकल्चर विभागले दुई पटक सम्बन्धित पुलिस थानामा सिकायत गरेर पार्कबाट कथित अवैध कब्जालाई हटाउने प्रयास गरेको भए पनि कब्जालाई हटाइएन। पछि 21 मईदेखि 27 मईसम्मको लागि लगभग 1.07 लाख रुपियाँ लिएर पार्कलाई आवन्टन गरिएको जानकारी सार्वजनिक भयो।
अमित गुप्ताले भने, पछिल्लो 70 वर्षभित्रमा यस क्षेत्रको नेहरू हिल पार्कमा कहिल्यै पनि बाख्रा बजार राखिएको थिएन। एकातिर दिल्ली सरकारले सार्वजनिक स्थलहरूमा बाख्राको बली नदिने कुरा गरिरहेको छ भने अर्कोतिर यस प्रकारको आवन्टन गर्नु गलत कुरा हो।
प्रतिनिधिमण्डलले मुख्यमन्त्रीसित उक्त आवन्टनलाई रद्द गर्ने माग गऱ्यो। भाजपा नेताहरू अनुसार मुख्यमन्त्रीले यस मामिलामा उचित कारबाही गर्ने आश्वासन दिएकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा