
दुर्गापुर, 24 मई (हि. स.)। दुर्गापुरको सेन मार्केट क्षेत्रमा आइतवार बिहान केही उपद्रवीहरूले कथित रूपमा बजारमा पसेर ताण्डव मचाए। यसले गर्दा बजारमा कोकोहोलो मचियो।
आरोप छ, कालो मुखौटोले अनुहार छोपेका उपद्रवीहरूको एउटा समूहले पसलेहरूमाथि हमला गऱ्यो, सब्जीहरूलाई सड़कमाक फालिदियो तथा केही दोकानहरूमा तोड़फोड़ पनि गऱ्यो। यस घटनामा सेन मार्केट व्यवसायी समितिका महासचिव सागर साहा घाइते भएको बताइएको छ। व्यापारीहरूको आरोप छ, चुनाउ परिणाम घोषणा भएदेखि नै बजार समितिमाथि कब्जा गर्नको लागि दबाव दिरहेको थियो।
व्यवसायी समितिको भनाइ छ, एउटा अराजनैतिक सङ्गठनको कार्यालयमा कब्जा गर्ने चेष्टा गरिरहेको थियो जसको विरोध गर्दा विवाद बढ़ेर गयो।आइतवार बिहान स्थिति त्यसबेला बिग्रियो जतिबेला कथित उपद्रवीहरूले बजारमा पसेर हमला गर्न शुरू गरे जसबाट सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलियो।
सूचना पाएर पश्चिम बङ्गाल पुलिसको ककओभन थानाको टीम ठूलो सङ्ख्यामा घटनास्थलमा आइपुग्यो। स्थितिलाई नियन्त्रण गर्नको लागि केन्द्रिय बलका जवानहरूलाई पनि तैनाथ गरियो।
यसबीच कतिपय व्यापारी तथा स्थानीय मानिसहरूले पुलिसले उनीहरूमाथि नै लट्ठीचार्ज गरेको आरोप लगाएका छन्। यस घटनाको कारणले क्षेत्रको माहोल तनाउपूर्ण भएको छ। हाल क्षेत्रमा पुलिस तथा सीआरपीएफ बललाई तैनाथ गरिएको छ। स्थितिमाथि कड़ा नजर राखिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा