
सिलगढ़ी, 24 मई (हि. स.)। सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषको पहलमा आइतवार बाघाजतीन पार्कमा “सोझै शङ्कर” कार्यक्रमको आयोजन गरियो। यस कार्यक्रममा सिलगढ़ी अतिरिक्त, मालदा, कुचबिहार एवं कोलकाता सहित विभिन्न जिल्लाहरूबाट ठूलो सङ्ख्यामा मानिसहरू आएका थिए।
कार्यक्रममा मानिसहरूले आ-आफ्नो व्यक्तिगत समस्या, जमीन कब्जा औ भर्तीमा भ्रष्टाचार जस्ता केही गम्भीर मुद्दाहरू विधायक समक्ष राखे। विधायक शङ्कर घोषले सबै सिकायतहरूलाई ध्यानपूर्वक सुनेर मानिसहरूलाई भरोसा दिलाए, उनीहरूको समबै समस्यालाई मुख्यमन्त्रीसँगसँगै सम्बन्धित विभागहरूसम्म पुऱ्याइनेछ। उनले भने, आम जनताका समस्याहरूको समाधान गर्नको लागि हरसम्भव कदम उठाइनेछ।
विधायकले बताए, यसअघि पनि “सोझै शङ्कर” कार्यक्रम आयोजना गरिसकिएको छ र भविष्यमा सिलगढ़ीका भिन्न-भिन्न क्षेत्रहरूमा यस पहललाई जारी राखिनेछ। उनले घोषणा गरे, सिलगढ़ी नगरनिगममा वार्डस्तरमा यस कार्यक्रमको आयोजन गरिनेछ ताकि अधिक मानिसहरूसम्म पुगेर उनीहरूको समस्यालाई समाधान गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा