बङ्गाल कोइला तस्करी मामिलाः ईडीले पुलिस अधिकारी सहित पाँच जना कोइला व्यापारीहरूलाई पठायो समन
बङ्गाल कोइला तस्करी मामिलाः ईडीले पुलिस अधिकारी सहित पाँच जना कोइला व्यापारीहरूलाई पठायो समन


कोलकाता, 24 मई (हि. स.)। पश्चिम बङ्गालको बहुचर्चित करोड़ौं रुपियाँको कोइला तस्करी मामिलाको जाँचलाई प्रवर्तन निदेशालय (ईडी)- ले तीव्रता दिँदै पश्चिम बङ्गाल पुलिसका एक जना निरीक्षक स्तरका अधिकारी सहित पाँच जना कोइला व्यापारीहरूलाई जाँचबुझ गर्नका लागि समन जारी गरेको छ। यिनीहरू सबैलाई बुधवारसम्ममा पेश हुने निर्देश दिइएको छ।

ईडीले पुलिस अधिकारी मनोरञ्जन मण्डललाई समन पठाएको छ जो पश्चिम बर्दवान जिल्लाको आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेट अन्तर्गत बुदबुद थानाका पूर्व प्रभारी रहिसकेका छन्।

सूत्र अनुसार यसअघि तृणमूल कङ्ग्रेस सरकारको कार्यकालमा पनि ईडीले मण्डललाई कैयौं पटक जाँचबुझको लागि बोलाइसकेको छ। तर उनी कथित रूपमा एजेन्सीको समनको जवाफ दिनदेखि बच्दै आएका थिए। उनी आजसम्म पनि कोलकाताको साल्ट लेकस्थित ईडी कार्यालयमा उपस्थित भएका छैनन्।

अब राज्यको नयाँ प्रसासनिक परिस्थितिबीच ईडीले उनलाई फेरि जाँचबुझको लागि बोलाएको छ। मनोरञ्जन मण्डलसितै समन जारी गरिएका व्यापारीहरूमा क्रमैले कृष्ण कायाल, रितेश लोकेश सिंह, युधिष्ठिर घोष औ नरेन्द्र खड़का सामेल छन्। सूत्रले दाबी गरेको छ, पश्चिम बर्दवान जिल्लाका अन्य 12 जना कोइला व्यापारीहरू पनि इडीको निगरानीमा छन्।

ईडीले यस मामिलामा दर्ता आफ्नो विभिन्न आरोप पत्रमा दाबी गरेको छ, कोइला तस्करीको नेटवर्क कोइला व्यापारी, केन्द्रिय बलका केही अधिकारीहरू, कोल इण्डियाको सहायक कम्पनी इस्टर्न कोलफील्ड्स लिमिटेडका अधिकारीगण एवं केन्द्रिय औद्योगिक सुरक्षा बलका केही कर्मीहरूको कथित साँठगाँठमा सञ्चालन हुँदै आएको थियो।

यस पूर्व ईडीले कोलकाताको विशेष धनशोधन निवारण अधिनियम अदालतलाई बताएको थियो, मनोरञ्जन मण्डलको ब्याङ्क खातामा थोरै समयमा प्रचुर मात्रामा धनराशि जमा भएको थियो। एजेन्सीले तिनीमाथि ज्ञात आयभन्दा अधिक सम्पत्ति राखेको आरोप समेत लगाएको थियो।

मार्च, 2026- मा ईडी अधिकारीहरूले पश्चिम बर्दवान जिल्लाको दुर्गापुरस्थित मण्डलको आवासमा छापामारी तथा खोजी अभियान सञ्चालन गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande