
बाँकुड़ा, 24 मई (हि. स.)। पश्चिम बङ्गालमा कथित भ्रष्टाचार औ रङ्गदारीको मामिलामा कारबाही निरन्तर भइरहेको छ। यसै क्रममा गए शनिवार राती बाँकुड़ा जिल्लाको बेलियातोड़ र बाँकुड़ा शहरबाट तृणमूल कङ्ग्रेसका दुई जना प्रभावशाली नेताहरूलाई पुलिसले भिन्न-भिन्न मामिलाहरूमा पक्राउ गऱ्यो।
बेलियातोड़बाट पक्रा पर्ने पल्लव पाण्डे गङ्गाजलघाटी पञ्चायत समितिका कृषि कर्माध्यक्ष हुन् भने बाँकुड़ा शहरबाट पक्रा पर्ने पीयूष चक्रवर्ती उपनाम ‘क्यासेट बापी’ बाँकुड़ा नगरपालिकाको वार्ड नम्बर 15- की तृणमूल पार्षद पिङ्की चक्रवर्तीका पति रहेको बताइएको छ।
पुलिस एवं अदालत सूत्र अनुसार हालैमा एकजना नोकरीका उम्मेद्वारले बेलियातोड़ थानामा सिकायत दर्ता गराएको थियो कि वर्ष 2021- मा स्वास्थ्य विभागमा नोकरी दिलाउने नाममा पल्लव पाण्डेले उबाट 4.60 लाख रुपियाँ लिएका थिए। आरोप छ, नोकरी पाएन, पैसा पनि फर्काएन।
आर्थिक धोकाधड़ीको आरोपमा बितेको शनिवार राती पुलिसले पल्लव पाण्डेलाई पक्राउ गरेर आइतवार बाँकुड़ा अदालतमा पेश गऱ्यो जहाँबाट तीन दिनको पुलिस हिरासतमा राख्ने आदेश दिएकोछ। तथापि अदालत लैजाने क्रममा पल्लवले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक षड़यन्त्र बताउँदै आफूलाई निर्दोष बताए।
यसरी नै रङ्गदारी माग गरेको आरोपमा शनिवार राती बाँकुड़ा शहरका प्रभावशाली तृणमूल नेता पीयूष चक्रवर्तीलाई पनि पक्राउ गरियो। पुलिस अनुसार शहरको एकजना रङ्ग व्यापारीले सिकायत दर्ता गराएको थियो, वर्ष 2023- मा पसल निर्माण गर्दा पीयूषले राजनीतिक प्रभावलाई प्रयोग गरी निर्माण कार्यलाई रोकिदिएका थिए। सिकायतकर्ताको आरोप छ, पछि दुई लाख रुपियाँ रङ्गदारी मागियो। यो पैसा दिएपछि मात्र निर्माण कार्यलाई पूरा गर्ने अनुमति प्राप्त भयो।
आइतवार अदालतले पीयूष चक्रवर्तीलाई पनि तीन दिनको पुलिस हिरासतमा पठाइदियो। उनका वकिल अनिर्वाण ब्यानर्जीले भने, कथित घटना वर्ष 2023- को र लामो समयपछि सिकायत दर्ता हुनुको पछाड़ि राजनीतिक कारण हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा