
उत्तर 24 परगना, 24 मई (हि. स.)। जीर्ण बनिसकेको सड़कको मरम्म गर्नने मागमा उत्तर 24 परगना जिल्लाको आमडाङ्गा क्षेत्रमा आइतवार स्थानीय मानिसहरूको धैर्यको बाँध भत्कियो। आक्रोशित ग्रामीणहरूले सड़कमा टायर बालेर विरोध प्रदर्शन गरे। घटना आमडाङ्गाको तृणमूल सञ्चालित बेड़ाबेड़िया पञ्चायतस्थित गभर्नमेन्ट कलोनीमा भएको हो।
प्रदर्शनकारीहरूको माग छ, अधुरो अवस्थामा रहेको सड़क निर्माण तथा मरम्मत कार्यलाई तत्कालै पूरा गरियोस्। प्रदर्शनको कारणले सड़क जाम भएपछि केही समयसम्म यातायात पूर्ण रूपमा प्रभावित भयो। सड़कको दुवै तर्फ लामो जाम लाग्यो। सूचना पाएर आमडाङ्गा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो।
स्थानीय मानिसहरूले आरोप लगाए, लगभग नौ महिनाअघि सड़कको निर्माण कार्य शुरू भएको थियो, तर बीचमै काम बन्द भयो। सड़कको केही भागमा अलकत्र उप्किकेको छ भने ढुङ्गाहरू बाहिर निक्लिसकेका छन्। ग्रामीणहरूको भनाइ छ, सड़कको अवस्था अत्यन्त सोचनीय भइसकेको छ जसले गर्दा आवागमन गर्नमा समस्या भइरहेको छ।
ग्रामीणहरूले बताए, सड़कमा फैलिएका ढुङ्गाहरूले गर्दा कुनै पनि समय दुर्घटना हुनसक्छ। उनीहरूको आरोप छ, कैयौं पटक पञ्चायत प्रशासनलाईसिकायत गरिएको भए पनि कुन कारबाही गरिएको छैन।
ग्रामीणहरूले चेताउनी दिएका छन्, यदि चाँड़ै नै सड़कलाई यातायात गर्ने योग्य नबनाए आगामी दिनमा अझ ठूलो आन्दोलन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा