यूसीसीबाट मुसलमानहरूको कुनै नोक्सान हुनेछैन: वाजेद अली चौधरी
यूसीसीबाट मुसलमानहरूको कुनै नोक्सान हुनेछैन: वाजेद अली चौधरी


गुवाहाटी, 24 मई, (हि.स.)। यूनिफर्म सिभिल कोड (यूसीसी)-लाई लिएर भइरहेको बहसबीच वरिष्ठ कङ्ग्रेस नेता वाजेद अली चौधरीले महत्वपूर्ण बयान दिँदै भनेका छन्, यूसीसीबाट मुस्लिम समुदायको कुनै पनि प्रकारक नोक्सान हुनेछैन। चौधरीले पत्रकारहरूसित बातचित गरिरहेका थिए।

दलीय नीतिभन्दा भिन्नै देखिएको बयानमा वाजेद अली चौधरीले यूसीसीका केही प्रावधानहरूलाई एक प्रकारले समर्थन पनि गरे। विशेष रूपमा सम्पत्तिमा समान अधिकारको मुद्दामा उनले खुलेर आफ्नो मत राखे।

उनले भने, छोरा-छोरीलाई सम्पत्तिमा समान अधिकार दिनु समर्थन योग्य कदम हो। उनी अनुसार समाजमा समानता तथा न्याय सुनिश्चित गर्नको लागि यस प्रकारको व्यवस्थालाई आवश्यक ठान्न सकिन्छ।

तथापि यूसीसीको व्यापक मुद्दामा उनले सन्तुलित एवं रणनीतिक टिप्पणी गर्दै भने, उनले न त यस कानूनको विरोध गरेका छन् न त खुल्ला समर्थन नै। उनको यस बयानलाई वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिमा महत्वपूर्ण मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande