अन्नपूर्ण योजनाको लागि गाउँ-गाउँमा भाजपाको शिविर
अन्नपूर्ण योजनाको लागि गाउँ-गाउँमा भाजपाको शिविर


पूर्व मेदिनीपुर, 24 मई (हि. स.)। जिल्लाको मयना ब्लकमा भाजपा युवा मोर्चाले गाउँ-गाउँमा शिविर राखेर महिलाहरूलाई अन्नपूर्ण योजनासित जोड़्न् पहल शुरू गरेको छ। तिलखोजा, गोजिना समेत केही बूथहरूमा पार्टी कार्यकर्ताहरूले यो जाँच गरिरहेका छन् कि महिलाहरूको ब्याङ्क खाता डीबीटी (डाइरेक्ट बेनिफिट ट्रान्सफर)- सित लिङ्क छ कि छैन।

शिविरहरूमा महिलाहरू आधार कार्ड र मोबाइल नम्बर लिएर गइरहेका छन्।कार्यकर्ताहरूले अनलाइन प्रक्रियाको माध्यमबाट डीबीटी स्टेटस जाँच गरिरहेका छन्। महिलाहरूको आधारसित मोबाइल नम्बर लिङ्क नभएको समस्या अधिकांश देखिँदैछ। यस्तो मामिलामा सम्बन्धित ब्याङ्कमा गएर मोबाइल नम्बर अपडेट गराउने सल्लाह दिरहेको छ।

भाजपा युवा मोर्चाको भनाइ छ, केही महिलाहरूलाई डीबीटी प्रक्रियाको जानकारी थिएन। त्यसैले उनीहरूले गत 20 मईदेखि आगामी 30 मईसम्म विभिन्न ठाउँमा विशेष शिविर राखिरहेका छन्। सङ्गठन अनुसार बुजुर्ग एवं घरदेखि बाहिर जान नसक्ने महिलाहरूलाई फोनमै सम्पूर्ण जानकारी उपलब्ध गराइँदैछ।

आइतवार तमलुक सङ्गठनात्मक जिल्ला युवा मोर्चाका महासचिव प्रशान्त दासले भने, केही महिलाहरूलाई डीबीटी लिङ्क गराउनुपर्छ भन्ने कुरा मात्र थाहा थियो, तर यो प्रक्रिया कसरी हुन्छ, त्यसबारे थाहा थिएन। त्यसैले कार्यकर्ताहरूले घर-घरमा पुगेर सहायता गरिरहेका छन्।

स्थानीय निवासी रानी महतो र सीमा बारुईले बताए, उनीहरूले खबरहरूमा डीबीटी लिङ्कको कुरा सुनेको भए पनि यसको प्रक्रियाबारे थाहा थिएन। शिविरमा गएर प्रक्रिया पूरा भएपछि उनीहरूलाई सुविधा भयो।

भाजपा नेताहरूको दाबी छ, पहिला केही महिलाहरूको लक्ष्मी भण्डार योजना बन्द भएको थियो जसलाई आन्दोलन गरेर तथा ज्ञापन पत्र चढ़ाएर पुनः शुरू गरिएको थियो। अब अन्नपूर्णा योजनामा कुनै पनि महिला लाभदेखि वञ्चित नहोस्, यसको लागि विशेष अभियान सञ्चालन गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande