
नयाँ दिल्ली, 24 मई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज हर्ष विहार ए-3 का वर्षौंपछि बिजुलीको कनेक्शन पाउने 36 परिवारका सदस्यहरूसित भेट गरिन्। यस अवसरमा भारतीय जनता पार्टी (भाजपा)- का सांसद मनोज तिवारी पनि उपस्थित थिए। मुख्यमन्त्रीले सोशल मीडिया अकाउन्ट एक्सको पोस्टमा भनिन्, यी 36 परिवारहरूले बिजुलीको कनेक्शनको लागि वर्षौंसम्म प्रतीक्षा गरेका छन्। आज उनीहरूको मुहारमा देखिको आनन्द यस कुराको प्रमाण हो कि संवेदनशील प्रयासले मानिसहरूको जीवनमा वास्तविक परिवर्तन ल्याउँछ। उनले भनिन्, आज यी परिवारहरूका सदस्यहरूसित भेट गरेर उनीहरूलाई आश्वस्त पारियो, हाम्रो सरकार दिल्लीका समस्याहरूको समाधान गर्नको लागि सदैव तत्पर छ।मुख्यमन्त्रीले बताइन्, जनसुनवाईमा यी परिवारहरूले म समक्ष यो विषय राखे, वर्ष 2018-देखि उनीहरूले बिजुली कनेक्शनको प्रतीक्षा गरिरहेका छन्, तब तत्कालै आवश्यक आवश्यक निर्देश दिइयो। मिशन मोडमा ट्रान्सफर्मर जड़ान गरेर नयाँ बिजुली कनेक्शन उपलब्ध गराइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा