
कामरूप (असम), 24 मई (हि.स.)। पलाशबाड़ीको बाजारापारा क्षेत्रमा गए शनिवार राती भएको एक भयङ्कर सड़क दुर्घटनामा चार जना बाइक सवारहरूको मृत्यु भयो। दुई वटा मोटरसाइकल आपस्तमा ठोक्किएर यो दुर्घटना भएको थियो जसमा तीन जना युवकहरूको घटनास्थलमै मृत्यु भयो भने एकजना युवकलाई गम्भीर घाइते अवस्थामा गुवाहाटी मेडिकल कलेज एवं अस्पताल (जीएमसीएच)- मा लगिेएको थियो जहाँ तिनको उपचारको क्रममा मृत्यु भयो।
दुर्घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। ठूलो सङ्ख्यामा मानिसहरू घटनास्थलमा भेला भए। मृतकहरूको पहिचान ज्योति कलिता, निखिल दास औ चन्दन जानाको रूपमा भएको छ भने चौथो मृतकको पहिचान यो समाचार लेखुञ्जेलसम्म पनि आधिकारिक रूपमा हुन सकेको थिएन। घटनाको सूचना पाए लगत्तै पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा