
हल्दिया, 24 मई (हि. स.)। पूर्व मेदिनीपुर जिल्लाको हल्दिया-मेचेदा 116 नम्बर राष्ट्रिय राजमार्गमा आइतवार बिहान भएको सड़क दुर्घटनामा एक जना युवकको मृत्यु भयो। घटना हल्दियाको सिटी सेन्टर छेउमा अवस्थित मोराम क्षेत्रमा भएको हो।
स्थानीय सूत्र अनुसार द्रूत गतिमा आइरहेको एउटा डम्परले पछाड़िबाट.तेल ट्याङ्करलाई ठक्कर दियो। ठक्करको कारणले ट्याङ्कर चालकले वाहनमाथि आफ्नो नियन्त्रण गुमायो जसले गर्दा ट्याङ्करले सड़क किनारमा पैदल हिँड़िरहेको एकजना युवकलाई कुल्चियो। युवक ट्याङ्करको चक्कामुनि पऱ्यो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो। दुर्घटनाको तीव्र आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे अनि पुलिसलाई सूचना दिए। भवानीपुर थानाको पुलिसले घटनास्थलमा पुगेर युवकलाई अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।
मृत युवकको पहिचान अहिलेसम्म हुन सकेको छैन। पुलिसले उसको पहिचान खोलाउने प्रयास गरिरहेको छ। दुर्घटनापछि केही समयसम्म राष्ट्रिय राजमार्गमा यातायात बाधित भयो। तर केही समयपछि स्थिति सामान्य भयो।
पुलिसको प्रारम्भिक जाँचमा द्रूत गति नै दुर्घटनाको मुख्य कारण मानिएको छ। घटनापछि डम्पर र ट्याङ्कर दुवैको चालक भागेका छन् जसलाई पुलिसले खोजिरहेको छ। दुर्घटनाग्रस्त डम्पर र ट्याङ्करलाई जफत गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा