
कोलकाता, 24 मई (हि.स.) कोलकाताबाट एउटा ठूलो अनि महत्वपूर्ण समाचार सार्वजनिक भएको छ। तृणमूल कङ्ग्रेसकी नेता तथा जाङ्गड़ा-हातियारा दुई नम्बर पञ्चायतकी प्रधान रीता गायेनलाई मोलतोल (बलजफ्ती असुली)-को आरोपमा पक्राउ गरिएको छ। गए शनिवार अबेर राती न्यू टाउन थाना पुलिसले उनको आवासमा छापा मारेर उनलाई हिरासतमा लिएको हो।
पुलिस सूत्र मुताविक रीता गायेनविरूद्ध पछिल्लो लामो समयदेखिकै लगातार सिकायतहरू दर्ता भइरहेका थिए। आरोप छ, उनले सरकारी योजनाहरू तथा विभिन्न सहायता दिलाउने नाममा मानिसहरूबाट अवैध रूपमा पैसा असुल्दै आएकी थिइन्। यी आरोपहरूको अनुसन्धान गरिएपछि पुलिसले कारबाही गर्दै उनलाई पक्राउ गरेको छ।
राज्यमा सत्ता परिवर्तन भएपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले स्प्ष्ट रूपमा भनेका थिए, कुनै पनि प्रकारको मोलतोललाई सहन गरिनेछैन। यसै नीति अन्तर्गत राज्यभरि नै यस किसिमका मामिलाहरूमाथि कड़ा काबाही गरिँदैछ। अहिलेसम्मा कैयौं तृणमूल नेताहरूलाई पक्राउ गरिसकिएको छ।
पुलिसको भनाइ छ, यस मामिलामा अन्य मानिसहरूको संलिप्तताको पनि जाँच गरिँदैछ। रीता गायेनलाई आज अदालतमा पेश गरेर पुलिस रिमाण्डको माग गर्नसक्छ ताकि सम्पूर्ण नेटवर्कको खुलासा गर्न सकियोस्।
यसरी नै कोलकातामा तृणमूलको 123 नम्बर वार्डका काउन्सिलर तथा 16 नम्बर बोरो चेयरम्यान सुदीप पोल्लेलाई पनि पक्राउ गरिएको छ। तिनीमाथि एकजना व्यवसायीबाट 5 लाख रुपियाँ बलजफ्ती असुलेको, कुटपिट तथा तोड़फोड़ गरेको आरोप छ। सिकायतको आधारमा पुलिसले तिनलाई बेहाला क्षेत्रबाट हिरासतमा लिएको हो।
सुदीप पोल्लेविरूद्ध पहिला पनि दादागिरी, जमीन कब्जा तथा पुलिसकर्मीहरूसित दुर्व्यवहार जस्ता केही गम्भीर आरोपहरू लगाइएको थियो। दुवै मामिलामा पुलिसले गहिराई पूर्वक जाँच गरिरहेको छ। आगामी दिनमा अझ खुलासा हुने सम्भावना व्यक्त गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा