
हुगली, 24 मई (हि.स.)। श्रीरामपुरका सांसद कल्याण ब्यानर्जीले आइतवार श्रीरामपुर थानामा पुगेर पुलिसले तृणमूल कङ्ग्रेसका नेता तथा पार्षदहरूविरूद्ध राजनीतिक प्रतिशोधको कारबाही गरेको आरोप लगाए।
उनले थाना प्रभारीसित भेट गरी लिखित सिकायत सुम्पिए अनि आरोप लगाए, मतगणना भएदेखि पुलिसको कारबाही लगातार बढ़िरहेको छ। ब्यानर्जी अनुसार केही पार्षदरूलाई कथित रूपमा झुटो मामिलामा फसाएर पक्राउ गरिरहेको छ भने थानामा उनीहरूमाथि कुटपिट पनि भइरहेको छ।
कल्याण ब्यानर्जीले दाबी गरे, भारतीय जनता पार्टी (भाजपा) कार्यकर्ताहरूद्वारा तृणमूल समर्थकहरूमाथि हमला गरिँदैछ, तर पुलिस प्रशासनले उनीहरूलाई संरक्षण दिरहेको छ।
तथापि पुलिस प्रशासनको पक्षबाट यस मामिलामा कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा