
इम्फाल, 24 मई, (हि.स.)। मणिपुर पुलिसले मादक पदार्थविरूद्ध सञ्चालन गरेको एक अभियान अन्तर्गत तेङ्गनौपाल जिल्लामा राष्ट्रिय राजमार्ग-102 मा कारबाही गर्दै प्रचुर मात्रामा पोस्ताको दाना (अफिमको बिउ) जफत गऱ्यो भने यस मामिलामा एकजना व्यक्तिलाई पक्राउ पनि गरिएको छ।
पुलिसले आज बतायो, पक्रा पर्ने आरोपीको पहिचान थोलुङ्ग कोशल लामकाङ्ग (34)- को रूपमा भएको छ जो तेङ्गनौपोल जिल्लाको थामनापोकपी निवासी रहेको बताइएको छ। पुलिसले आरोपीलाई गए 23 मईको दिन पल्लेल चँदेल लामखोई क्षेत्रबाट पक्राउ गरेको हो।
जाँच गर्ने क्रममा आरोपीको कब्जाबाट 189.05 किलोग्राम पोस्ताको दाना जफत गरियो। यस अतिरिक्त एउटा ए-स्टार कार (एमएन-06एलबी-1903) पनि जफत गरिएको छ।
पुलिस अनुसार मामिलाको जाँच जारी छ तथा जफत गरिएको मादक पदार्थको श्रोत एवं गन्तव्य पत्तो लगाउने प्रयास गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा