मनोज बोगटी ज्ञान अनि एसएससीसी संयुक्त समितिको केन्द्रिय प्रवक्ता नियुक्त
मनोज बोगटी


खरसाङ, 24 मई (हि.स.)। मनोज बोगटीलाई गोर्खा युथ एक्टिभिस्ट नेटवर्क (ज्ञान) अनि सेपरेट स्टेट को-अर्डिनेशन कमिटी (एसएससीसी) संयुक्त समितिको केन्द्रिय प्रवक्ताको रुपमा नियुक्त गरिएको छ। संयुक्त समितिले आज आधिकारिक नियुक्ति पत्र प्रदान गरेर उनलाई गोर्खाल्याण्ड तथा पृथक राज्यसम्बन्धी विषयमा सङ्गठनको आधिकारिक धारणा सार्वजनिक गर्ने, प्रेस, मिडिया तथा सार्वजनिक मञ्चहरूमा सङ्गठनको प्रतिनिधित्व गर्ने, जनसरोकारका समसामयिक विषयहरूमा सङ्गठनको तर्फबाट प्रतिक्रिया राख्ने महत्त्वपूर्ण जिम्मेवारीहरू सुम्पेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande