रिषड़ामा डा. अम्बेडकरको प्रतिमामा विधायक भास्कर भट्टाचार्यद्वारा माल्यार्पण, पुरानो विवादलाई पनि कोट्याए
रिषड़ामा डा. अम्बेडकरको प्रतिमामा विधायक भास्कर भट्टाचार्यद्वारा माल्यार्पण, पुरानो विवादलाई पनि कोट्याए


हुगली, 24 मई (हि.स.)। श्रीरामपुरका भारतीय जनता पार्टी (भाजपा)-का विधायक भास्कर भट्टाचार्यले आइतवार रिषड़ाको ब्रह्मानन्द स्कूलको मैदान नजिकै अवस्थित डा. भीमराव अम्बेडकरको प्रतिमामा माल्यार्पण गरी उनलाई श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा स्थानीय मानिसहरू एवं पार्टी समर्थकहरूको व्यापक उपस्थिति रहेको थियो।

यो त्यो स्थान हो जहाँ चुनाउ प्रचार अवधि भास्कर भट्टचार्यलाई कथित रूपमा अम्बेडकरको प्रतिमामा माल्यार्पण गर्नदेखि रोकिएको थियो। त्यसताक उनीसित दुर्व्यवहार गरिएको आरोप पनि सार्वजनिक भएको थियो।

शनिवार माल्यार्पण गरेपछि विधायकले भने, पहिला उनी यहाँ आउँदा संविधान निर्माता डा. अम्बेडकरको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्नदेखि उनलाई रोकिएको थियो। साथै प्रतिमालाई ताला बन्द गरेर राखिएको थियो।

उनले भने, “आज हामीले त्यो ताला खोलाएका छौं ताकि आम मानिसहरूले पनि स्वतन्त्र रूपमा बाबा साहेबको प्रतिमामा माल्यार्पण गर्न सकुन्। डा. अम्बेडकर कुनै एउटा दल वा सङ्गन विशेषको पेवा होइनन्। यिनी सम्पूर्ण भारत देशका प्रेरणाश्रोत हुन्।”

विधायकले आरोप लगाए, त्यसबेला उनलाई रोक्ने तृणमूल कङ्ग्रेस समर्थित क्बलका केही मानिसहरूले संविधान तथा लोकतान्त्रिक मूल्यहरू बुझेकै छैनन्।

भास्कर भट्टाचार्यले भने, बाबा साहेब अम्बेडकरले देशलाई संविधान दिए अनि समाजका वञ्चित वर्गहरूलाई अधिकार दिलाउनको लागि सङ्घर्ष गरे। यस्ता महान व्यक्तित्वलाई श्रद्धाञ्जली दिनदेखि कसैलाई पनि रोक्न सकिँदैन।

घटनालाई लिएर क्षेत्रमा राजनीतिक चर्चा चुलिएको छ। भाजपा समर्थकहरूले यसलाई “लोकतान्त्रिक अधिकारहरूको जीत” बताए। स्थानीय स्तरमा पनि यस मुद्दालाई लिएर राजनीतिक बयानबाजी जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande