
नयाँ दिल्ली, 24 मई (हि.स.)। दिल्लीका शिक्षा मन्त्री आशिष सूदले राष्ट्रमण्डल दिवसको अवसरमा जवाहरलाल नेहरू स्टेडियममा आयोजित फिट इण्डिया सण्डेज अन साइकलको 75औं संस्करणमा भाग लिए।
मन्त्री सूदले यहाँ मीडियालाई सम्बोधन गर्दै भने, फिट इण्डिया अभियान तथा 'सण्डे अन साइकल' भारत सरकारको एउटा अनौठो पहल हो। मन्त्रीले भने, यो पहल फिटनेस, लाइफस्टाइल औ स्वास्थ्य जागरूकतालाई प्रेरित गर्नको साथै राष्ट्रमण्डल खेल- 2030 को सङ्कल्पलाई जन-जनमा पुऱ्याउने दिशामा एक महत्वपूर्ण प्रयास हो। उने स्वस्थ अनि ऊर्जावान भारतको निर्माणमा आफ्नो सहभागिता सुनिश्चित गर्ने आग्रह गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा