कोलकातामा तीन वटा स्थानको अवैध निर्माणमाथि चल्यो बुलडोजर
कोलकातामा तीन वटा स्थानको अवैध निर्माणमाथि चल्यो बुलडोजर


कोलकाता, 24 मई (हि. स.)। कोलकातामा अवैध निर्माण विरूद्ध प्रशासनले आइतवार बिहानदेखिकै अभियान शुरू गऱ्यो। तिलजला, बेलेघाटा औ कसबा क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका बहुतले भवनहरूलाई भत्काउनको लागि बोलडोजर चलाइयो। घटनास्थलमा पुलिस, कोलकाता नगरनिगमका कर्मचारीहरू तथा केन्द्रिय बलका जवानहरूलाई तैनाथ गरिएको छ।

बेलेघाटाको 34 नम्बर वार्ड अधिनस्थ इस्ट कुलिया रोडमा अवस्थित एउटा पाँच तले भवनलाई भत्काउने काम शुरू गरिएको छ। सेतो रङ्गको यस भव्य भवनलाई देखेर महल जस्तै अनुभूति हुन्थ्यो, तर आरोप छ, सम्पूर्ण निर्माण अवैध ढङ्गमा गरिएको थियो। भवनको नाम राजू नस्करसित जोड़िएको आरोप लगाइएको छ। भवनलाई भत्काउनको लागि लगभग 80 जना मानिसहरूको टीमलाई खटाइएको छ। घटनास्थलमा केन्द्रिय बल र बेलेघाटा थानाको पुलिस तैनाथ छ।

अर्कोतिर तिलजलाको जी. जे. खान रोडमा पनि एउटा सात तले अवैध निर्माणलाई भत्काउने काम शुरू गरिएको छ। नगरनिगमले पहिला नै यस भवनलाई नोटिस जारी गरिसकेको थियो। प्रशासनको भनाइ छ, निर्माण नियमहरूको उल्लङ्घन गरी यो भवन बनाइएको थियो।

कसबाको बी. बी. च्याटर्जी स्ट्रीटमा पनि बुलडोजर कारबाही भइरहेको छ। आरोप छ, अवैध निर्माणलाई लिएर सुनवाई गर्नको लागि नोटिस जारी गरिएको भए पनि आरोपी पक्ष उपस्थित भएन। भवनमा अहिले पनि नोटिस टाँसिएको छ।

प्रशासनको यस कारबाहीलाी लिएर क्षेत्रमा व्यापक खैलाबैला मचिएको देखियो। सुरक्षालाई मध्यनजर गर्दै ठाउँ-ठाउँमा ब्यारिकेडिङ्ग गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande