गुवाहाटीको गड़चुकमा भीषण सड़क दुर्घटनामा ट्रक चालकले गुमायो ज्यान
गुवाहाटीको गड़चुकमा भीषण सड़क दुर्घटनामा ट्रक चालकले गुमायो ज्यान


गुवाहाटी, 24 मई, (हि.स.)। महानगरको गड़चुक क्षेत्रमा बितेको शनिवार अबेर राती भएको एक भयानक सड़क दुर्घटनामा ट्रक चालकको मृत्यु भयो। दुर्घटना त्यसबेला भएको हो जतिबेला द्रूत गतिको ट्रक सड़क किनारमा खड़ा एउटा वाहनसित ठोक्कियो।

प्रत्यक्षदर्शीहरू अनुसार यस भयानक ठक्करमा ट्रकको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भएको छ। घटनामा गम्भीर रूपमा घाइते चालकलाई स्थानीय मानिसहरू तथा पुलिसको सहयोगमा बाहिर निकाल्ने प्रयास गरियो। तर यसै क्रममा उसको घटनास्थलमै मृत्यु भयो।

दुर्घटनापछि केही समयसम्म क्षेत्रमा यातायात प्रभावित भयो जसलाई पछि सामान्य बनाइयो।

पुलिसले बतायो, मृत चालकको पहिचान अहिलेसम्म हुन सकेको छैन। शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande