
हरिद्वार, 24 मई (हि.स.)। लागूऔषध तस्करहरू विरुद्ध सघन चेकिङ अभियानको क्रममा हरिद्वार पुलिसले दुई लागूऔषध तस्करहरूलाई पक्राउ गरेको छ र 39.74 ग्राम स्म्याक जफत गरेको छ, जसको मूल्य लगभग 8 लाख रुपियाँ बराबरको अनुमान गरिएको छ।
हिजो राति चेकिङको क्रममा बहादुराबादबाट सुमन नगर जाने स्क्वायरमा बहादुराबाद थाना पुलिसले 22.59 ग्राम स्म्याक र इलेक्ट्रोनिक तौल स्केल सहित मोटरसाइकलमा सवार एक युवकलाई पक्राउ गऱ्यो। लागूऔषध तस्करको पहिचान हरिद्वारको कोतवाली मंगलौरको छोटे मदरसा नजिकै लन्डोरा निवासी अनीसको छोरा अनसको रूपमा गरिएको छ।
अर्कोतिर सिडकुल पुलिसले आइतवार महादेवपुरमको ईएसएमई कम्पनी अगाड़ी 17.15 ग्राम स्म्याक सहित एक युवकलाई पक्राउ गरेको छ।
वरिष्ठ पुलिस अधीक्षक नवनीत सिंहले भने, दुवै तस्करहरूले स्म्याक तस्करी र बेच्नेगर्थे। सोधपुछको क्रममा अभियुक्तहरूले तीर्थयात्राको मौसममा हरिद्वारमा स्म्याक बेच्न आएको खुलासा गरे। दुवै अभियुक्तहरू विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ र चलान प्रक्रिया शुरु गरिएको छ। उनीहरूसँग सोधपुछ गरेपछि पुलिसले उनीहरूको आपूर्तिकर्ताको खोजी गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी