
कोलकाता, 24 मई (हि.स.)। कोलकातामा आइतवार बिहानदेखिकै अवैध निर्माणविरूद्ध बुलडोजर कारबाही भइरहेको छ। शहरको तिलजला, कसबा औ बेलेघाटा समेत केही स्थानहरूमा कथित अवैध भवनहरूलाई भत्काइँदैछ। कसबाको बीबी च्याटर्जी स्ट्रीटस्थित अवैध निर्माणलाई भत्काउने कार्यको निरीक्षण गर्न पुगेकी पश्चिम बङ्गालकी नगर एवं शहरी विकास मन्त्री अग्निमित्रा पालले कड़ा चेताउनी दिइन्।
मन्त्रीले भनिन्, जुन अधिकारी एवं कर्मचारीहरूलाई अवैध निर्माणमाथि नजर राक्ने दायित्व दिइएको थियो, उनीहरूमाथि पनि कारबाही गरिनेछ। उनले भनिन्, अवैध निर्माण भएका ठाउँका जिम्मेवार व्यक्तिहरूलाई छोड़िनेछैन। जुन मानिसहरूले भवन बनाए, पैसा खर्च गरे, डेभलपर वा प्रमोटरको रूपमा जोड़िए, उनीहरू सबैमाथि कारबाही हुनेछ।
आइतवार कारवाही भएका अवैध निर्माणहरूमध्ये केहीको सम्बन्ध कथित रूपमा सोना पप्पू तथा केहीको राजू नस्करसित रहेको बताइँदैछ। मन्त्रीले जानकारी गराइन्, 6 वटा अवैध निर्माणलाई नोटिस जारी गरिएको थियो।
बीबी च्याटर्जी स्ट्रीट स्थित 143 नम्बर भवनलाई पूर्ण रूपले अवैध बताउँदै अग्निमित्रा पालले भनिन्, यो निर्माण सोना पप्पूको हो। उनले बताइन्, सोना पप्पूलाई पुलिसले पहिला नै पक्राउ गरिसकेको छ। मन्त्रीले आरोप लगाइन्, अगाड़ि अरूकै नाम हुनसक्छ, तर यसको पछाड़ि कुख्यात अपराधी सोना पप्पूको हात छ। यसरी नै केही निर्माणहरूको राजू नस्करसित सम्बन्ध रहेको छ जो तृणमूल कङ्ग्रेसका निकटवर्ती रहेको बताइएको छ।
मन्त्रीले भनिन्, जुन-जुन निर्माणहरूलाई लिएर प्रश्न उठेको छ, तिनीहरूलाई पहिला नै नोटिस पठाएर जवाफ मागिएको थियो। सम्बन्धित पक्षबाट कुनै सन्तोषजनक जवाफ नआएपछि पुलिस र नगरनिगमको उपस्थितिमा ध्वस्तीकरणको कारबाही शुरू गरिएको हो।
अग्निमित्रा पालले भनिन्, पछिल्लो सरकारको संरक्षणमा प्रशासनलाई चुनौती दिएर जसले अवैध निर्माण गरे, ती सबैमाथि कारबाही हुनेछ। सरकारले कानूनको घेराभित्रै बसेर कदम उठाइरहेको छ भने आगामी दिनमा पनि उठाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा