
मीरजापुर, 24 मई (हि.स.)। उत्तर प्रदेशमा मीरजापुर जिल्लाको चुनार कोतवाली क्षेत्रको जलालपुर माफी गाउँ नजिकै शनिवार राति एक अज्ञात 32 वर्षीया महिलाको शव गंगाको किनारमा फेला परेको छ। जानकारी पाउने बित्तिकै पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको लागि पठाएको छ।
थाना प्रभारी विजय शंकर सिंह पटेलले बताए, स्थानीय बासिन्दाले गंगाको किनारमा महिलाको शव देखे र पुलिसलाई जानकारी दिए। जानकारी पाएपछि पुलिसले घटनास्थलमा पुगेर नजिकैका बासिन्दाहरूसँग सोधपुछ गरेर शवको पहिचान गर्ने प्रयास गऱ्यो तर अबेर साँझसम्म महिलाको पहिचान हुन सकेन।
मृतकको पहिचान गर्ने प्रयास भइरहेको थाना प्रभारीले बताए। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण स्पष्ट रूपमा पत्ता लाग्नेछ। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी