अम्बालामा युवकले तीन जना आफन्तहरूको हत्या गऱ्यो, काकीको अवस्था गम्भीर
अम्बालामा युवकले तीन जना आफन्तहरूको हत्या गऱ्यो, काकीको अवस्था गम्भीर


चण्डीगढ़, 24 मई (हि.स.)। अम्बाला जिल्लाको गाउँ बिचपड़ीमा बितेको राती जमीन विवादमा एकजना युवकले आफ्नै हजुरआमा, दाज्यु र काकामाथि गोली दागेर हत्या गरिदियो। आरोपीले आफ्नी काकीलाी पनि लक्षित गरेको थियो, तर भाग्यवश तिनी बचिन्। यो सम्पूर्ण घटनाक्रम खेतको माटोको ठेकाबाट पाएको पैसा तथा पिताको रिटायरमेन्टको पैसा भागबण्डालाई लिएर भएको हो।

जानकारी अनुसार शनिवार साँझ परिवारमा पैसालाई लिएर चर्को बहस भएको थियो। विवाद बढ़ेर यहाँसम्म पुग्यो कि अभिषेकले रिसको आवेगमा आएर गोली चलाउन थाल्यो। उसले सबैभन्दा पहिला आफ्नी हजुरआमामाथि गोली दाग्यो जसको घटनास्थलमै मृत्यु भयो। त्यसपछि उसले बचाउन आएको दाज्यु, काका र काकीमाथि पनि गोली बर्सायो। दाज्यु र काकाको टाउको पछाड़ि अनि काकीको आँखाको छेउमा गोली लाग्यो।

सबै घाइतेहरूलाई शहजादपुरको सरकारी अस्पताल (सीएचसी)-मा लगियो। यहाँ प्राथमिक उपचार गरेपछि उनीहरूको गम्भीर अवस्थालाई ध्यानमा राखेर चिकित्सकहरूले चण्डीगढ़ रेफर गरिदिए। पुलिस अनुसार बाटोमै दाज्यु सन्दीप र काका महिन्द्र पालको मृत्यु भयो भने काकी सुनिताको उपचार भइरहेको जसको अवस्था नाजुक रहेको बताइएको छ। वृद्ध महिला इसरो देवीको घटनास्थलमै मृत्यु भइसकेको थियो।

घटनाको सूचना पाउनसाथ शहजादपुर थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिसले फोरेन्सिक टीमसित घटनास्थलकोनिरीक्षण गरी प्रमाण जुटाएको छ। भगौड़ा आरोपीलाई पक्राउ गर्नको लागि केरी टीमहरू गठन गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande