गोर्खा जनमुक्ति मोर्चाको मजुवा शाखा कमिटी गठन
Gjmm meeting


खरसाङ, 24 मई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा अन्तर्गत चिमनी देवराली ब्लकको मजुवा शाखा कमिटी गठन गरिएको छ। शाखा कमिटी गठनलाई लिएर आज ब्लक कमिटीका सभापति बीबी राईको अध्यक्षतामा एक सभा सम्पन्न भयो।

सभामा गोजमुमो केन्द्रिय उपाध्यक्ष प्रदीप प्रधान, केन्द्रिय सदस्य सुरज छेत्री, खरसाङ महकुमा समितिका सभापति योगेन्द्र राई, सह सचिव विकास तिरुवा, युगल राई लगायत मजुवा शाखाको प्रतिनिधिहरु उपस्थित रहेका थिए। उक्त कमिटीमा सभापति राजु गोले, उप सभापति प्रणय तामाङ, सचिव हरि थापा, सह सचिव सुमन थापा, कोषाध्यक्ष कुमारी तामाङ, सल्लाहकारमा राम गोले, मिकमार तामाङ, कुमार प्रधान लगायत 30 जनाको कमिटी गठन गरिएको खरसाङ महकुमा समितिका सभापति योगेन्द्र राईले बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande