परम पूज्य चौथो डोड्रुप्छेन रिम्पोछेको पवित्र पार्थिव शरीर देवराली छोर्तेन गुम्पामा स्थापित
परम पूज्य चौथो डोड्रुप्छेन रिम्पोछेको पवित्र पार्थिव शरीर देवराली छोर्तेन गुम्पामा स्थापित


गान्तोक, 24 मई (हि.स.)। राज्यपाल ओमप्रकाश माथुर आज निङ्गमा सम्प्रदायका परम पूज्य चौथो डोड्रुप्छेन रिम्पोछेको पवित्र पार्थिव शरीरलाई देवराली छोर्तेन गुम्पामा स्थापित गर्न आयोजित पावन अनुष्ठानमा सामेल भए। धार्मिक परम्पराहरूका साथ उक्त पावन समारोह आज बिहान लुकश्यामास्थित 'त्सामखाङ' बाट शुरू भएको थियो।

लोकभवनका अनुसार, राज्यपालले परम पूज्य चौथो डोड्रुप्छेन रिम्पोछेको पवित्र पार्थिव शरीरको दर्शन गरे अनि आफ्नो श्रद्धा अर्पित गर्दै विश्वकल्याण एवं शान्तिको लागि प्रार्थना गरे। यस अवसरमा भव्य पारम्प्रिक बौद्ध शोभायात्रा पनि निकालियो र रिम्पोछेको पार्थिव शरीरलाई पूर्ण धार्मिक सम्मानका साथ छोर्तेन गुम्पामा ल्याइयो। देवराली छोर्तेन गुम्पाको स्वर्ण अवशेष स्तूपमा रिम्पोछेको पवित्र पार्थिव शरीरलाई विधि-विधान पूर्वक स्थापित गरियो।

राज्यपालले आफ्नो श्रद्धा व्यक्त गर्दै भने, परम पूज्य डोड्रुप्छेन रिम्पोछेको सम्पूर्ण जीवन मानवता, शान्ति र आध्यात्मिक जागृतिको निम्ति समर्पित थियो। उहॉंको आशीर्वाद र शिक्षाहरूले सिक्किमसहित सम्पूर्ण विश्वलाई सदैव मार्गदर्शन गरिरहने छ।

यस धार्मिक आयोजनमा सिक्किम सरकारको धर्म मन्त्री सोनाम लामा, विधायक तेन्जिङ लाम्था, वरिष्ठ आध्यात्मिक गुरुहरू, राज्य सरकारका गणमान्य अधिकारीहरू र भारी संख्यामा श्रद्धालुहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande