हाँसीः सड़क दुर्घटनामा तीन जना युवकको मृत्यु
हाँसीः सड़क दुर्घटनामा तीन जना युवकको मृत्यु


चण्डीगढ़, 24 मई (हि.स.)। हरियाणाको हाँसीमा बितेको राती भएको सड़क दुर्घटनामा तीन जना युवकहरूको मृत्यु भो। यो दुर्घटना हाँसीको छेउमा त्यसबेला भएको हो जतिबेला एउटा द्रूत गतिको कार र बाइक आपस्तमा ठोक्कियो। मृतकहरूको पहिचान गाउँ भाटला निवासी धर्मवीर (40), राजेश (40) औ अशोक (35) को रूपमा भएको छ।

हाँसी पुलिस अनुसार दुर्घटना गए शनिवार र आइतवारको मध्य रात्रि लगभग डेढ़ बजे भएको हो। ठक्कर अत्यन्त भयानक थियो जसमा बाइक उछिटिएर कारदेखि धेरै टाड़ा पुगेर भुइँमा झरेको थियो। कारको दुवै एयरब्याग पनि खोलियो। सूचना पाउनसाथ सदर थानाको पुलिस घटनास्थलमा पुग्यो।

पुलिसले गम्भीर घाइते अवस्थामा तीनै जना युवकहरूलाई हाँसीको सामान्य अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले तीनैलाई मृत घोषणा गरिदिए। सदर थाना प्रभारी इन्स्पेक्टर सदानन्दले बताए, पुलिसले मामिलाको गहन जाँच गरिरहेको छ। दुर्घटनाको सठीक परिस्थिति पत्तो लगाइँदछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande