राज्यको राजनीतिमा ठूलो परिवर्तन आउनेवाला छ : सुकान्त मजुमदार
राज्यको राजनीतिमा ठूलो परिवर्तन आउनेवाला छ : सुकान्त मजुमदार


सिलगढ़ी, 24 मई (हि. स.)। उत्तर बङ्गालको भ्रमणमा आएका केन्द्रिय मन्त्री सुकान्त मजुमदारले आइतवार बागडोगरा एयरपोर्टमा राज्यको राजनीतिलाई लिएर ठूलो बयान दिए। उनले तृणमूल कङ्ग्रेसलाई लक्षित गर्दै भने, आगामी दिनमा बङ्गालको राजनीतिको दिशा पूर्ण रूपले परिवर्तन हुनसक्छ। तृणमूल कङ्ग्रेसको अस्तित्व र प्रभावमाथि प्रश्न उठ्नसक्छ।

सुकान्त मजुमदारले भने, राज्यको वर्तमान राजनीतिक परिस्थितिले ठूलो परिवर्तन तर्फ सङ्केत गरिरहेको छ। उनले यो पनि स्पष्ट पारे, मुख्य विपक्षी शक्ति को हुने हो, यसको फसेला बङ्गालका जनताले गर्नेछन्। साथै उनले भजपाको भविष्यलाई लिएर पूर्ण आत्मविश्वास देखाउँदै पार्टी मजबुत हुने कुरा गरे।

कङ्ग्रेस नेता राहुल गान्धीमाथि पनि उनले कटाक्ष गरे। मजुमदार अनुसार राहु गान्धीका बयानहरूबाट कैयौं पटक राजनीतिक भ्रमको स्थिति उत्पन्न भएको छ भने उनको आफ्ना कार्यकर्ताहरू समेत असमञ्जसमा पर्दछन्।

विधायक हुमायुँ कबीरको भर्खरैको विवादित बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै उनले भने, सबैले कानून अनि प्रशासनिक व्यवस्थालाई सम्मान गर्नुपर्छ। यदि कसैले कानून उल्लङ्घन गर्छ भने प्रशासनले कड़ा कारबाही गर्नुपर्छ।

सुकान्त मजुमदारको उक्त बयानपछि राज्यको राजनीतिमा नयाँ चर्चाले जन्म लिएको छ। उनको दौड़ाहलाई लिएर उत्तर बङ्गालमा भाजपा कार्यकर्ता अनि समर्थकहरूमा विशेष उत्साह देखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande