
बर्दवान, 25 मई (हि. स.)। आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेटका पुलिस उपायुक्त (सेन्ट्रल) ध्रुव दासको नेतृत्वमा सोमवार हाट्टन रोडदेखि लिएर गिरजा मोड़सम्म अवैध पार्किङ्ग विरोधी विशेष जाँच अभियान सञ्चालन गरियो। यस अवधि विभिन्न पार्किङ्ग स्थलहरूको लाइसेन्स तथा दस्तावेजहरूको जाँच गरियो। पुलिसले अवैध रूपमा पार्किङ्ग सञ्चालन गरेको आरोपमा चार-पाँच जना मानिसहरूलाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ।
अभियानको क्रममा एसीपी (सेन्ट्रल) अब्दुल गफ्फार, आसनसोल दक्षिण थाना प्रभारी विश्वजीत मुखर्जी सहित अन्य पुलिस अधिकारीगण उपस्थित थिए। गिरजा मोड़स्थित दुर्गा मार्केटमा रहेको एउटा पार्किङ्गको सञ्चालकलाई आवश्यक कागजपत्र नभएको कारणले हिरासतमा लिइयो भने त्यसकै अगाड़ि रहेको 38 नम्बर पार्किङ्गका दस्तावेजहरूको पनि जाँच गरिो। यस अतिरिक्त सिटी बस स्ट्याण्ड बाहिर अवस्थित पार्किङ्ग सञ्चालकका एकजना एजेन्टलाई पक्राउ गरियो।
बीएसएनएलको कार्यालय अगाड़ि सञ्चालित पार्किङ्गका सञ्चालकलाई पनि दस्तावेज नभएकै कारणले हिरासतमा लिइयो।
पुलिस अधिकारीहरू अनुसार यस क्षेत्रका केही पार्किङ्ग सञ्चालकहरूको लाइसेन्सको समय-सीमा समाप्त भइसकेको भए पनि अवैध रूपमा सञ्चालन गर्दै आइरहेका थिए। कतिपयलाई पहिला नै दस्तावेजहरू नवीनीकरण गराउने चेताउनी दिइएको थियो, तर जाँचमा यिनीहरूको दस्तावेज नवीनीकृत पाइएन, त्यसैले आरोपीहरू विरूद्ध कारबाही गरिएको हो।
हाल पुलिसले यो पनि जाँच गरिरहेको छ, वैध दस्तावेज बिनै पार्किङ्क सञ्चालन गर्ने एजेन्टले कसको निर्देशमा काम गरिरहेको थियो र तिनीहरूले असुल गरेको पैसा कहाँ जान्थ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा