नगाउँ-बटद्रवा सड़कदेखि तल झऱ्यो कार, एकजनाको मृत्यु पाँच जना घाइते
नगाउँ-बटद्रवा सड़कदेखि तल झऱ्यो कार, एकजनाको मृत्यु पाँच जना घाइते


नगाउँ (असम), 25 मई, (हि.स.)। असममा लगातार बढ़्दो सड़क दुर्घटनाहरूबीच फेरि नगाउँ-बटद्रवा सम्पर्क सड़कमा गए आइतवार अबेर राती एक पीड़ादायी दुर्घटना भएको थाहा लागेको छ। द्रूत गतिको एउटा कार अनियन्त्रित भएर सड़कदेखि तल झऱेर दुर्घटनाग्रस्त भयो। यो घटना बटद्रवाको भेटियनी गाउँको छेउमा भएको हो।

जानकारी अनुसार एएस-02-एबी-9394 नम्बरधारी कार नगाउँदेखि बटद्रवा तर्फ गइरहेको थियो। यसै क्रममा चालकले वाहनमाथि आफ्नो नियन्त्रण गुमायो जसले गर्दा कार सोझै सड़क किनारबाट तल झऱ्यो। यस भयानक दुर्घटनामा कार टुक्रा-टुक्रा भयो।

दुर्घटनामा इमदादुल इस्लाम नामक युवकको घटनास्थलमै मृत्यु भयो। मृतक बटद्रवाको भोमोरागुरी क्षेत्रको निवासी रहेको बताइएको छ। कारमा सवार अन्य पाँच जना मानिसहरू गम्भीर रूपमा घाइते भएका छन् जसलाई तुरून्तै नगाउँको एक निजी अस्पतालमा भर्ती गरिएको छ जहाँ उनीहरूको उपचार भइरहेको छ।

घटनाको सूचना पाउनसाथ बटद्रवा पुलिस घटनास्थलमा पुग्यो अनि राहत एवं बचाउ कार्य शुरू गऱ्यो। पुलिसले दुर्घटनाग्रस्त कारलाई जफत गरेको छ। हाल दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande