
गुवाहाटी, 25 मई, (हि.स.)। गुवाहाटीको घोड़ामारा क्षेत्रमा एउटा सामान्य विवादले भयानक रूप लियो जहाँ सेवानिवृत्त असम पुलिस सेवा (एपीएस) अधिकारी गिरीन चन्द्र डेकाको कथित हमलामा मृत्यु भयो।
पुलिसले सोमवार बतायो, वाहन पार्किङ्ग गर्ने विषयमा क्षेत्रमा विवाद शुरू भएको थियो। हेर्दा-हेर्दै विवादले उग्र रूप लियो। यसै अवधि स्थानीय एक जना युवकले कथित रूपमा सेवानिवृत्त अधिकारीमाथि प्रहार गऱ्यो जसले गर्दा तिनी गम्भीर रूपमा घाइते भए।
घटनापछि तुरून्तै उनलाई स्थानीय मानिसहरूले अस्पतालमा पुऱ्याए जहाँ उनको गम्भीर अवस्थालाई ध्यानमा राखेर आईसीयूमा भर्ती गरियो। तथापि चिकित्सकहरूले भरमग्दुर प्रयास गरेको भए पनि उनको ज्यान बचाउन सकिएन।
यस घटनापछि क्षेत्रको माहोल तनाउपूर्ण भएको छ। गुवाहाटी पुलिसले मामिलाको जाँच गरिरहेको छ भने आरोपी युवकलाई खोज्न शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा