पूर्व मेदिनीपुरमा विधानसभाको परिणामबाट उत्साहित भाजपाको निकाय चुनाउ यथाशीघ्र गराउने माग
पूर्व मेदिनीपुरमा विधानसभाको परिणामबाट उत्साहित भाजपाको निकाय चुनाउ यथाशीघ्र गराउने माग


मेदिनीपुर, 25 मई (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको पाँशकुड़ा र हल्दिया नगरपालिकामा पछिल्लो लामो समयदेखिको चुनाउ नभएको विषयलाई लिएर अहिलेघरि राजनीतिक माहोल तातिएको छ। भाजपाले आरोप लगाएको छ, हार हुने डरले तृणमूल कङ्ग्रेसले यी दुवै नगरपालिकामा चुनाउ गराएको छैन। प्रशासकको माध्यमबाट काम चलाइरहेको छ। भाजपाको भनाइ छ, निर्वाचित बोर्ड नभएको कारणले शहरका नागरिक सेवाहरू प्रभावित भएका छन्।

पाँशकुड़ा नगरपालिकामा वर्ष 2017- को चुनाउमा तृणमूलले 18 मध्ये 17 वटा वार्डहरूमा जीत दर्ता गरेको थियो। तथापि पछि चेयरम्यान पदलाई लिएर पार्टीभित्र विवाद शुरू भयो। वर्ष 2022-मा बोर्डको कार्यकाल समाप्त भएपछि सरकारले प्रशासक नियुक्त गऱ्यो। पछि तामलुकका एसडीओलाई नगरपालिकाको प्रशासक बनाइयो।

त्यसरी नै हल्दिया नगरपालिकामा पनि वर्ष 2022- देखि चुनाउ भएको छैन। यहाँ पनि प्रशासकको माध्यमबाट नगरपालिका सञ्चालन भइरहेको छ। स्थानीय मानिसहरूको आरोप छ, यसले गर्दा सफाई, सड़क एवं अन्य नागरिक सुविधाहरू प्रभावित भइरहेका छन्।

भर्खरै सम्पन्न भएको विधानसभा चुनाउमा भाजपाले दुवै क्षेत्रमा जीत हासिल गरेपछि पार्टी अब धेरै उत्साहित भएको छ। भाजपा नेताहरूको दाबी छ, यदि अहिले नै नगरपालिका चुनाउ सम्पन्न भयो भने पाँशकुड़ा र हल्दिया दुवै नगरपालिकामा भाजपाको बोर्ड बन्नसक्छ।

सोमवार बिहान हल्दियाबाट नवनिर्वाचित भाजपा विधायक प्रदीप कुमार बिजलीले भने, जनताले तृणमूललाई अस्वीकार गरिदिएका छन्। अब चाँड़ै नगरपालिका चुनाउ हुनुपर्छ। यता पाँशकुड़ाका भाजपा नेताहरूले पनि दाबी गरे, शहरमा भाजपाको समर्थनमा माहोल बनिसकेको छ।

अर्कोतिर तृणमूलका पूर्व चेयरम्यान नन्दकुमार मिश्राले स्वीकार गरे, समयमा चुनाउ भएको भए राम्रो हुन्थ्यो, तर विधानसभा चुनाउमा जनताले परिवर्तनको पक्षमा मतदान गरेका छन् जसलाईस्वीकार गर्नैपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande