छत्तीसगढ़का मुख्यमन्त्रीले दिल्लीमा रेखा गुप्तासित गरे भेट
छत्तीसगढ़का मुख्यमन्त्रीले दिल्लीमा रेखा गुप्तासित गरे भेट


नयाँ दिल्ली, 25 मई (हि.स.)। छत्तीसगढ़का मुख्यमन्त्री विष्णु देव सायले सोमवार दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तासित उनको आवासमा शिष्टाचार भेट गरे।

मुख्यमन्त्री रेखा गुप्ताले सोशल मीडिया प्लेटफार्म एक्सको पोस्टमा बताइन्, यस भेटमा दुवै राज्यबीच आपसी सहोगलाई प्रेरित गर्ने तथा विकासका विभिन्न आयामहरूमाथि विस्तृत एवं सकारात्मक चर्चा भयो। दुवै राज्यको दिगो विकास तथा परस्पर सहयोगले विकसित भारतको हाम्रो साझा लक्ष्यलाई थप गति प्रदान गर्नेछ।

यता मुख्यमन्त्री विष्णु देव सायले एक्समा पोस्ट गरी भने, नयाँ दिल्लीको प्रवास अन्तर्गत आज मुख्यमन्त्री निवासमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तासित शिष्टाचार भेट भयो। यस अवसरमा विभिन्न समसामयिक विषयहरू, सुशासन, जनकल्याण एवं राज्यहरूमाझ श्रेष्ठ समन्वयसित सम्बन्धित मुद्दाहरूमा सारगर्भित विचार-विमर्श भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande