मन्दिरमा चोरी गर्ने चेष्टा, आरोपी युवक पक्राउ
मन्दिरमा चोरी गर्ने चेष्टा, आरोपी युवक पक्राउ


मेदिनीपुर, 25 मई (हि. स.)। महिषादल राजबाड़ी परिसरस्थित ऐतिहासिक गोपालजिउ मन्दिरमा सोमवार चोरी गर्ने प्रयास गरियो। भक्तहरूद्वारा दान गरिएको पितलका मूर्तीहरू चोरी गर्ने प्रयास गरेको आऱोपमा एकजना युवकलाई घटनास्थलबाटै समातियो। त्यसपछि उसलाई पुलिसकहाँ सुम्पिइयो।

सूत्र अनुसार सदा जस्तै मन्दिरमा पूजा भइरहेको थियो, यसै अवधि एकजना शङ्कालु युवकलाई मन्दिर परिसरमा पस्दै गरेको देखियो। मन्दिरका सेवकहरलाई उसको गतिविधिमाथि शङ्का लाग्यो। आरोप छ, युवकलाई पितलका मूर्तीहरू हटाउने प्रयास गरिरहेको समय समातियो। घटनाको सूचना पाएर महिषादल थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले आरोपी युवकलाई हिरासतमा लिएर थानामा लग्यो। थानामा उसलाई जाँचबुझ गरिँदैछ।

स्मरण गराइन्छ, महिषादल राजबाड़ी पूर्व मेदिनीपुरको एउटा ऐतिहासिक औ प्रमुख पर्यटन स्थल हो जहाँ प्रतिदिन ठूलो सङ्ख्यामा श्रद्धालु तथा पर्यटकहरू आउने गर्दछन्। यसै परिसरमा अवस्थित गोपालजिउ मन्दिरमा यो घटना भएपछि यहाँको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उठिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande