टुङ सन्तमेरिज समष्टिमा गोरामुमोको समर्थन सभा
gnlf meeting


सोनादा, 25 मई (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा विभिन्न राजनीतिक दलहरुबाट सामेल हुने क्रम जारी रहेकाे छ। यसै क्रममा टुङ सन्तमेरिज समष्टि अन्तर्गत गोराबारी शाखामा विभिन्न राजनीतिक दलबाट गोरामुमोमा सामेल भएका छन्।

गोराबारी सार्वजनिक भवनमा आयोजित समर्थन कार्यक्रमको अध्यक्षता एचपीडब्ल्यु केन्द्रिय समिति अध्यक्ष बीके राईले गरेका थिए। सभामा गोर्खा राष्ट्रिय युवा मोर्चा केन्द्रिय समिति अध्यक्ष आनन्द राई, पदम बहादुर राई, खरसाङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन गुरुङ लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेका थिए। नयाँ सदस्यहरुलाई बीके राईले खदा लगाएर स्वागत जनाउँदै शुभकामना व्यक्त गरे।

सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै आनन्द राईले भने, गोरामुमोमा सामेल हुने क्रम जारी रहेकाे छ। अब क्षेत्रीय दलहरु एक हुनुपर्छ, अब डबल इन्जिनको सरकार बनेको छ।

छैटौं अनुसूचीबारे प्रश्नको उत्तर दिँदै आनन्द राईले भने, छैटौं अनुसूची भनेको भारत सरकारसंग सम्झौता भइसकेको विषय हो। गृहमन्त्री अमित शाहले गोर्खाहरुलाई संवैधानिक प्रावधान अनुरुप न्याय दिने घोषणा गरेपछि अब हामीले छैटौं अनुसूची नै बुझ्नुपर्छ। सर्वप्रथम हाम्रो भुभागको संवैधानिक सुरक्षा हुनुपर्छ, छैटौं अनुसूचीले नै हाम्रो भुभागलाई सुरक्षा दिन्छ। यसैकारण अब सबै मिलेर छैटौं अनुसूची नै भन्नु पर्छ।

उनले अझ भने, यदि 2007 मा सबैले बुझिदिएको भए आज हामी गोर्खाल्याण्डको मार्गमा हुने थियौँ। गोजमुमो अध्यक्ष बिमल गुरुङले पनि छैटौं अनुसूची बल्ल बुझेछन्। म वहाँलाई धन्यवाद दिन चाहन्छु, ढिलै भए पनि बुझेछन्। यदि छैटौं अनुसूची लागू भएको भए आज पाँच डेसिमलको कुरा हुने थिएन। यसकारण अब पहाडका सबै एकजुट बनेर छैटौं अनुसूचीको निम्ति अघि आउनु पर्छ। हाम्रो भूभागलाई संविधानको प्रावधान अनुरुप भारतको संविधानमा गाभ्नु पर्छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande