उच्च माध्यमिक परीक्षामा उत्तीर्ण तीनजना मेधावी विद्यार्थीलाई तीनधारेमा सम्वर्द्धना
Meritorious student


तीनधारे, 25 मई (हि.स.)। तीनधारेको गैरी गाउँस्थित गोदावरी सङ्घ भवनमा पदमबहादुर राईको सभापतित्वमा एक सभाको आयोजना गरियो। यस सभामा माध्यमिक र उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुने मेधावी विद्यार्थीहरूलाई सम्वर्द्धना जनाइयो।

यस क्रममा उच्च माध्यमिक परीक्षामा 80 प्रतिशत अङ्क लिएर प्रथम स्थानमा उत्तीर्ण हुने मेधावी विद्यार्थी रोहित ब्राह्मण, 82 प्रतिशत अङ्क प्राप्त गरेका प्रतिक प्रधान र 82 प्रतिशत अङ्क प्राप्त गरेकी गरिमा ब्राह्मणलाई सम्वर्द्धना जनाइयो। विद्यार्थीहरूलाई प्रमुख अतिथिका रूपमा उपस्थित भूतपूर्व प्रधान अध्यापक प्रकाश रामुदामुको बाहुलीबाट माल्यार्पण साथै पारितोषिक प्रदान गरियो।

प्रमुख अतिथिले विद्यार्थीहरूलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभ आशिष दिएका थिए। कार्यक्रममा गोदावरी सङ्घका समस्त कार्यकारी सदस्यहरूको पनि उपस्थिति थियो।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande