साँचो ज्ञानले मानव कल्याणको मार्ग प्रशस्त गर्छ: प्रधानमन्त्री मोदी
सुभाषितम्


नयाँ दिल्ली, 26 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान आफ्नो एक्स ह्यान्डलमा ज्ञान-केन्द्रित सुभाषितम् (भिडियो सन्देश) साझा गरेका छन्। यसको माध्यमबाट उनले राष्ट्र र समाजलाई साँचो ज्ञानको महत्त्व सम्झाएका छन्। उनले लेखेका छन्, साँचो ज्ञानले राष्ट्र, समाज र सम्पूर्ण मानवताको कल्याणको मार्ग प्रशस्त गर्छ। त्यसैले, हाम्रो ज्ञान र हाम्रा कार्यहरू सम्पूर्ण मानवताको लागि प्रेरणा बन्नु आवश्यक छ।

प्रधानमन्त्रीको एक्स ह्यान्डलमा साझा गरिएको सुभाषितममा यस्तो लेखिएको छ: आत्मा शुद्धः सदा नित्यः सुखरूपः स्वयम्प्रभः। अज्ञानान्मलिनो भाति ज्ञानाच्छुद्धो भवत्ययम्।। उनले यस सुभाषितको सार व्याख्या गर्दै ज्ञान र कार्य एकअर्काका पूरक रहेको र सम्पूर्ण मानवताको कल्याणको लागि आह्वान गरेका छन्।

यो सुभाषितको अर्थ हो, आत्मा स्वाभाविक रूपमा शुद्ध छ। यो सधैं अवस्थित छ। यो आनन्दस्वरूप हो। स्वयं प्रकाशित हुन्छ। अज्ञानताका कारण यो अशुद्ध वा सीमित देखिन्छ। ज्ञान प्राप्त गरेपछि यो आफ्नो शुद्ध रूपमा पुन: प्रकट हुन्छ। यस श्लोकको प्रत्येक शब्दको गहन अर्थ छ। उदाहरणका लागि, शुद्ध को अर्थ यो स्वाभाविक रूपमा शुद्ध र निष्पाप छ। सदा नित्य को अर्थ यो शाश्वत हो। अजर- अमर छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande