पुरीमा हुनेछ ब्रिक्स आपदा जोखिम न्यूनीकरण कार्य समूहको दोस्रो तकनीकी बैठक
पुरी


भुवनेश्वर, 26 मई (हि.स.)। भारतको ब्रिक्स अध्यक्षतामा राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणद्वारा आयोजित “डिजास्टर रिस्क रिडक्शन वर्किङ ग्रुप” को दोस्रो तकनीकी बैठक जून 3-5, 2026 सम्म ओडिशाको पुरी स्थित ताज पुरी रिसोर्टमा आयोजना हुनेछ। राज्य सरकारका प्रवक्ता अनुसार, ब्रिक्स देशका प्रतिनिधिहरू र आपदा प्रबन्धन विज्ञहरूले यस महत्त्वपूर्ण बैठकमा भाग लिनेछन् र आपदा प्रबन्धन, आपदा प्रतिरोधक क्षमता निर्माण र अन्तरराष्ट्रिय सहयोगसँग सम्बन्धित विभिन्न मुद्दाहरूमा छलफल गर्नेछन्।

सरकारी प्रवक्ताले ब्राजिल, इजिप्ट, इथियोपिया, इन्डोनेशिया, इरान, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स (युएई) र चीन लगायत धेरै देशका प्रतिनिधिहरू सम्मेलनमा भाग लिने सम्भावना रहेको बताए। आपदा तयारी र प्रबन्धनको क्षेत्रमा ओडिशाको सक्रिय, प्रभावकारी र बलियो पहलहरूको मध्यनजर यो महत्त्वपूर्ण तकनीकी बैठक आयोजना गर्न राज्यलाई छनोट गरिएको छ। ओडिशाले विशेष गरी यसको चक्रवात प्रबन्धन, समुदायमा आधारित प्रारम्भिक चेताउनी प्रणाली र सफल उद्धार र निकासी रणनीतिहरूको लागि अन्तरराष्ट्रिय प्रशंसा प्राप्त गरेको छ।

उनले भने, यो तकनीकी बैठकले ब्रिक्स देशहरूबीच आपदा प्रबन्धनसित सम्बन्धित ज्ञान र अनुभवहरूको आदानप्र-दानको लागि महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्नेछ। नयाँ तकनीकहरू, समन्वित रणनीतिहरू र पारस्परिक सहयोगलाई सुदृढ़ पार्ने बारेमा पनि छलफल गरिनेछ। पुरीमा यो महत्त्वपूर्ण ब्रिक्स तकनीकी सम्मेलन आयोजना गर्नाले विश्वव्यापी प्लेटफर्ममा ओडिशाको उपलब्धिहरू र आपदा प्रबन्धनमा विशेषज्ञतालाई मान्यता दिने मात्र होइन राज्यको अन्तरराष्ट्रिय छविलाई पनि अझ् बलियो बनाउनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande