अमित शाह जून मध्यमा पश्चिम बंगाल दौड़ाहमा आउने
शाह


कोलकाता, 26 मई (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले जून मध्यमा पश्चिम बंगालको दौड़ाह गर्नसक्छन्। आधिकारिक सूत्रहरूले मंगलवार यो जानकारी दिए।

गृहमन्त्री शाहले सीमा सुरक्षा व्यवस्थाको समीक्षा गर्न सीमा क्षेत्रको दौड़ाह गर्ने सूत्रहरूले बताएका छन्। उनले सीमा सुरक्षा, घुसपैठ, गाईवस्तु र लागूपदार्थको तस्करी र सीमा क्षेत्रको सुरक्षा सम्बन्धी उच्चस्तरीय समीक्षा बैठक पनि गर्नेछन्।

सूत्रहरूको भनाई छ, उनले सीमा सुरक्षा बलका वरिष्ठ अधिकारीहरू साथै मुख्यमन्त्री शुभेन्दु अधिकारी र प्रशासनिक अधिकारीहरूसँग भेट गर्ने सम्भावना छ। सीमावर्ती जिल्लाका पुलिस अधिकारीहरूलाई सतर्क रहन निर्देश दिइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande