दरङ्गको छिपाझारस्थित गणेश होटलमा भयानक आगलागी, लाखौंको सम्पत्ति स्वाहा
दरङ्गको छिपाझारस्थित गणेश होटलमा भयानक आगलागी, लाखौंको सम्पत्ति स्वाहा


दरङ्ग (असम), 30 मई (हि.स.)। असमको दरङ्ग जिल्ला अधिनस्थ छिपाझार क्षेत्रको बरदौलगुड़ीस्थित गणेश होटलमा गए शुक्रवार अबेर राती भीषण आगो लाग्यो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। यस घटनामा होटलभित्र राखिएका सबै सामानहरू जलेर खरानी भयो जसले गर्दा ठूलो आर्थिक नोक्सान भएको आशङ्का व्यक्त गरिएको छ।

प्राप्त जानकारी अनुसार अबेर राती अचानक होटलमा आगो बलिरहेको देखियो। हेर्दा-हेर्दै आगोले सम्पूर्ण होटललाई आफ्नो चपेटमा लियो। आगोको ज्वाला तथा धुँवा टाड़ा-टाड़ासम्म देखिन थाल्यो जसले गर्दा मानिसहरूमा सन्त्राष फैलियो।

घटना बारे जानकारी पाउनसाथ वरपरका मानिसहरूले घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गर्ने प्रयास गर्न थाले, तर आगो गति तीव्र भएकोले होटललाई बचाउन सकिएन। आगोले क्षणभरमै होटलका अधिकांश भागलाई क्षति पुऱ्यायो।

अग्निकाण्डमा होटलको फर्निचर, भान्सासित सम्बन्धित सामग्री तथा अन्य आवश्यक सामानहरू पूर्ण रूपले नष्ट भयो। तथापि राहतको कुरा के छ भने यस घटनाा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।

आगलागीको कारण अहिलेसम्म थाहा लाग्न सकेको छैन। स्थानीय प्रशासन अनि सम्बन्धित विभागीय अदिकारीहरूले घटनास्थलमा पुगेर स्थितिको जायजा लिरहेका छन् साथै कारण पत्तो लगाउन जाँच गरिरहेका छन्।

प्रशासन अनुसार जाँच रिपोर्ट आएपछि नै आगलागीको वास्तविक कारण थाहा लाग्नेछ। यस घटनाको कारणले होटल मालिकलाई ठूलो आर्थिक क्षति भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande