ग्वालपाड़ामा मादक पदार्थ विरोधी अभियान अन्तर्गत कथित दुई जना ड्रग्स तस्कर पक्राउ
ग्वालपाड़ामा मादक पदार्थ विरोधी अभियान अन्तर्गत कथित दुई जना ड्रग्स तस्कर पक्राउ


ग्वालपाड़ा (असम), 30 मई (हि.स.)। असम पुलिसले राज्यभरि नै सञ्चालित मादक पदार्थ विरोधी अभियान अन्तर्गत ग्वालपाड़ा जिल्लामा कारबाही गर्दै दुई जना कथित रूपमा ड्रग्स तस्करलाई पक्राउ गरेको छ। कारबाहीमा पुलिसले आरोपीहरूको कब्जाबाट संदिग्ध हेरोइन पनि जफत गरेको छ।

पुलिस अनुसार ग्वालपाड़ाको राक्षसिनी क्षेत्रमा शनिवार सञ्चालित विशेष अभियान अवधि मोकद्देस अली र सहर अली नामक दुई जना मानिसहरूलाई हिरासतमा लिइयो। जाँच गर्दा यिनीहरूबाट पाँच वटा डब्बामा लुकाएर राखिएको 6.61 ग्राम संदिग्ध हेरोइन भेटियो।

अधिकारीहरूले बताए, यो कारबाही राज्यमा अवैध मादक पदार्थको व्यापारलाई ध्वस्त बनाउनको लागि सञ्चालित व्यापक अभियानको एक भाग हो। मादक पदार्थलाई जफत गरी आरोपीहरूविरूद्ध सम्बन्धित कानूनी धारा अन्तर्गत मामिला दर्ता गरी अग्रिम जाँच शुरू गरिएको छ।

पुलिसको भनाइ छ, मामिलाको जाँचमा मादक पदार्थको तस्करीसित जोड़िएका सम्भावित नेटवर्क तथा अन्य संदिग्धहरूलाई चिन्हित गर्ने प्रयास गरिँदैछ। साथै राज्यमा नशालु पदार्थको तस्करी अनि अवैध व्यापारमा संलिप्त मानिसहरूविरूद्ध आगामी दिनमा पनि कड़ा कारबाही गर्न जारी राखिनेछ।

असम पुलिसले दोहोऱ्याएको छ, राज्यलाई नशामुक्त बनाउने उद्देश्यले मादक पदार्थहरूको विरोधमा अभियान लगातार चलिरहेको छ। कानून उल्लंघन गर्नेहरूमाथि कड़ा कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande