
गुवाहाटी, 30 मई, (हि.स.)। गुवाहाटीको सतगाउँ थानामा तैनाथ पुलिस अधिकारी जयन्त राजखोवाविरूद्ध एकजना युवकसित कथित दुर्व्यवहार औ कुटपिट गरेको मामिलामा जाँच गर्ने आदेश दिइएको छ। आरोप छ, अधिकारीले कुनै उचित कारण बिनै राजधानीको सड़कमा एकजना युवकलाई सार्वजनिक रूपमा कुटपिट गरे।
पीड़ित युवक अनुसार यो घटना चार दिनअघि भएको थियो। आरोप छ, पुलिस अधिाकरीले युवकलाई बाटोमा रोकेर अपमानजनक भाषा प्रयोग गरे, धम्क्याए साथै कुटपिट पनि गरे। युवकले दाबी गऱ्यो, अधिकारीले उसलाई यसो भनेर डर देखाउने चेष्टा गऱ्यो, यदि उसले घटनाको बारेमा कसैलाई बतायो भने उसको एनकाउन्टर गरिनेछ।
मामिलामा यो पनि आरोप लगाइएको छ, अधिकारीले सड़कमा युवकलाई गाली गर्दै निर्दयता पूर्वक कुटपिट गरे। घटनाको कथित सीसीटीभी फुटेज तथा सिकायत सामु आएपछि मामिला चर्चाको विषय भएको छ।
पीड़ितले घटनाको सम्बन्धमा सतगाउँ थानामा प्राथमिकी (एफआईआर) दर्ता गराएको थियो। सिकायतको आधारमा सम्बन्दित पुलिस अधिकारीविरूद्ध जाँच गर्ने निर्देश दिइएको छ।
घटनालाई लिएर विभिन्न सामाजिक औ नागरिक सङ्गठनहरूमा व्यापक असन्तुष्टि देखिँदैछ। मानिसहरूले मामिलाको निष्पक्ष जाँच गरी दोषी पाइए सम्बन्धित अधिकारीविरूद्ध कड़ा कारबाही गर्ने माग गरेका छन्।
पुलिस विभागद्वारा हाल मामिलाको जाँच गरिँदैछ भने जाँच पूरा भएपछि मात्र अग्रिम कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा