
नगाउँ/ग्वालपाड़ा (असम), 30 मई (हि.स.)। असमको नगाउँ जिल्ला अन्तर्गत कचुवा क्षेत्रमा जङ्गली हात्तीको हमलामा परी एकजना महिला सहित दुई जना मानिसहरूको मृत्यु भयो भने अन्य तीन जना गम्भीर रूपमा घाइते भए। अर्कोतिर ग्वालपाड़ा जिल्लाको मरनै क्षेत्रमा करेन्ट लागेर एउटा जङ्गली हात्तीको मृत्यु भएको घटना पनि प्रकाशमा आएको छ।
प्राप्त जानकारी अनुसार नगाउँ जिल्लाको कचुवा क्षेत्रमा गए राती जङ्गली हत्तीहरूको बथानले मानिसहरूमाथि हमला गऱ्यो। यस घटनामा दुई जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने अन्य तीन जना गम्भीर रूपमा घाइते भए जसलाई उपचारको निम्ति नजिकैको अस्पतालमा भर्ती गरिएको छ जहाँ उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
घटनाको सूचना पाउनसाथ वन विभाग र पुलिसको टीम घटनास्थलमा पुग्यो। अधिकारीहरूले हात्तीहरूलाई आवासीय क्षेत्रदेखि टाड़ा जङ्गल तिर लखेट्नको लागि अभियान सञ्चालन गरे। घटनापछि सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिएको छ। यो समाचार लेखुञ्जेलसम्म मृतकहरू तथा घाइतेहरूको पहिचान सार्वजनिक गरिएको थिएन।
यता ग्वालपाड़ा जिल्लाको मरनै क्षेत्रमा एउटा जङ्गली हात्तीको करेन्ट लागेर मृत्यु भयो। भनिन्छ, हात्ती विद्युत प्रभावित तारको चपेटमा परेको थियो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो।
स्थानीय मानिसहरूको सूचना पाएर वन विभागको टीमले घटनास्थलमा पुगी जाँच शुरू गऱ्यो। प्रारम्भिक जाँचमा आशङ्का व्यक्त गरिँदैछ, हात्ती कुनै अवैध रूपमा जड़ान गरिएको बिजुलीको तारको सम्पर्कमा परेको हुनसक्छ। वन विभागले मामिाका सबै पाटो र पक्षको जाँच गरिरहेको छ।
वन्यजीव एवं मानव बस्तीहरूबीच बढ़्दो सङ्घर्षलाई लिएर फेरि एकपटक चिन्ता बढ़ेको छ। स्थानीय मानिसहरूले प्रशासनसित हात्तीहरूको आवागमन हुने क्षेत्रहरूमा प्रभावकारी सुरक्षा उपाय लागू गर्ने तथा बिजुलीको खतरनाक तारहरूको नियमित निगरानी गर्ने माग गरेका छनअ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा