कुल्टीमा पुलिसको महत्वपूर्ण कारबाही, बालुवा व्यापारी पक्राउ
कुल्टीमा पुलिसको महत्वपूर्ण कारबाही, बालुवा व्यापारी पक्राउ


बीरभूम, 30 मई (हि.स.)। बीरभूम जिल्लाको मोहम्मद बजार थाना अन्तर्गत राज्यधरपुर गाउँका एक जना बालुवा व्यापारीको घर तथा कार्यालयमा पुलिसले छापामारीको कारबाही गर्दै प्रचुर मात्रामा नगद र सुनका गहनाहरू जफत गरेको छ। गुप्त सूचनाको आधारमा गए शुक्रवार राती यो अभियान सञ्चालन गरिएको हो।

पुलिस अनुसार खानतलासीमा लगभग 49 लाख 75 हजार रुपियाँ नगद र लगभग 502 ग्राम सुनको गहना जफत गरियो। जफत गरिएको धनराशि र गहनाहरूको श्रोत पत्तो लगाउन जाँच गरिँदैछ।

यस मामिलामा शमिम शेख नामक व्यक्तिलाई पक्राउ गरिएको छ। आरोप छ, शमिमले पछिल्लो लामो समयदेखिकै बालुवाको व्यापार गर्दै आइरहेका थिए। तथापि मामिलाका मुख्य आरोपी लवण शेख समेत अन्य दुईजना आरोपी हाल भागेका छन्। यिनीहरूलाई खोज्नको लागि मोहम्मद बजार थाना पुलिसले लगातार छापामारी गरिरहेको छ।

पुलिसको दाबी छ, आरोपीहरूविरूद्ध अवैध बालुवा व्यापार तथा बालुवा घाट सञ्चालन गरेको आरोप छ। साथै यिनीहरूको सड़क निर्माणसित सम्बन्धित एउटा ठेका कम्पनीसित पनि सम्बन्ध रहेको थाहा लागेको छ। जाँच एजेन्सी यो पत्तो लगाउन जुटेको छ कि जफत गरिएको गहना र धनराशिको सम्बन्ध यो व्यवसायसित छ कि छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande