
नयाँ दिल्ली, 30 मई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले काँवड़ यात्रालाई ऐतिहासिक, सहज, भक्तिभावले परिपूर्ण औ सुरक्षित बनाउने उद्देश्यले उच्च स्तरीय 'काँवड़ समिति'- को पुनर्गठन गरेकी छन्। दिल्लीका संस्कृति एवं विधि मन्त्री कपिल मिश्रालाई समितिको अध्यक्ष बनाइएको छ।
मुख्यमन्त्रीद्वारा शनिवार जारी एक बयानमा भनियो, यसपालि पनि दिल्ली सरकारले शिवभक्तहरूका सम्मानजनक एवं श्रेष्ठ सुविधा सुनिश्चित गर्नेछ। यसको लागि काँवड़ शिविरहरूलाई विशेष सहायता दिइनेछ। कपिल मिश्राले काँवड़ समितिका अध्यक्ष हुनेछन् भने विधायक अजय महावर, अनिल शर्मा, करनैल सिंह, सञ्जय गोयल र उमङ्ग बजाजलाई समितिको सदस्यको रूपमा सामेल गरिएको छ।
उनले भनिन्, काँवड़ यात्रा एउटा पारम्परिक धार्मिक आयोजन मात्र होइन, यो हाम्रो समृद्ध सांस्कृतिक धरोहर, अटुट सामाजिक समरसता औ जनआस्थाको एक विराट महोत्सव हो। सावन महिनामा दिल्लीका सड़कहरूमा उर्लिने शिवभक्तहरूको समुद्रले देशको सांस्कृतिक एकतालाई प्रदर्शित गर्दछ।
मुख्यमन्त्रीले यो पनि जानकारी दिइन्, अध्यक्ष कपिल मिश्राको नेतृत्वमा नवगठित उक्त समितिले चाँड़ै नै दिल्लीका सबै डीएम, दिल्ली पुलिस, लोक निर्माण विभाग, स्वास्थ्य एवं सम्बन्धित विभागका वरिष्ठ अधिकारीहरूसित समीक्षा बैठक गर्नेछ। समितिको मुख्य फोकस रूट म्यानेजमेन्ट, वाटरप्रूफ टेन्टहरूको गुणवस्तर, चिकित्सा सुविधाहरूको उपलब्धता, 24 घण्टै निर्बाध बिजुली-पानीको आपूर्ति औ सुरक्षाको कड़ा बन्दोबस्त राख्नुपर्छ ताकि पछिल्लो वर्ष सरह यस वर्ष पनि यात्रा निर्विघ्न औ अभूतपूर्व रूपमा सम्पन्न हुन सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा