माछा चोरेको आरोपमा तृणमूल पार्षद पक्राउ
माछा चोरेको आरोपमा तृणमूल पार्षद पक्राउ


कोलकाता, 30 मई (हि.स.)। दक्षिण 24 परगना जिल्लाको राजपुर-सोनारपुर नगरपालिका अधिनस्थ 32 नम्बर वार्डका तृणमूल कङ्ग्रेस पार्षद बरुण सरकारलाई माछा चोरेको आरोपमा पलिसले पक्राउ गरेको छ। स्थानीय मानिसहरूको आरोप छ, शनिवार सवेरै तिनी आफ्ना केही साथीहरूलाई लिएर एउटा भेड़ी (मत्स्यपालन जलाशय)-बाट माछा चोरी गर्न आएका थिए।

स्थानीय मानिसहरू अनुसार भेड़ीबाट माछा निकालेको थाहा पाएपछि वरपरका मानिसहरू घटनास्थलमा पुगे अनि पार्षदलाई घेरे। पछि पुलिसलाई सूचना दिइयो। पुलिसले घटनास्थलमा पुगेर बरूण सरकारलाई भीड़बाट निकालेर आफूसित लिएर गयो।

पुलिसले पछि माछा चोरीको आरोपमा उनलाई पक्राउ गऱ्यो। भनिन्छ, उनको कब्जाबाट माछा मार्ने जाल, अन्य उपकरण तथा माछा राख्ने वर्तन पनि जफत गरिएको छ। तथापि बरूण सरकारले आफूमाथि लगाइएका सबै आरोपहरूलाई खारेज गरिदिएका छन्।

उल्लेखनीय छ, राज्यमा नयाँ सरकार गठन भएदेखि नै विभिन्न मामिलाहरूमा केही तृणमूल पार्षदहरूलाई पक्राउ गरिसकिएको छ। यसअघि रङ्गदारी, भ्रष्टाचार औ कुटपिट जस्ता आरोपहरूमा धेरै जना पार्षदहरूले पुलिस कारबाहीको सामना गरिसकेका छन्। माछा चोरेको आरोपमा कुनै पार्षदलाई पक्राउ गरेको भने यो पहिलो मामिला रहेको बताइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande