कृषि एवं विपणन अधिकारीहरूसित दिलीप घोषको बैठक, विभागीय संसाधनहरूको श्रेष्ठ उपयोगमाथि बल दिइयो
कृषि एवं विपणन अधिकारीहरूसित दिलीप घोषको बैठक, विभागीय संसाधनहरूको श्रेष्ठ उपयोगमाथि बल दिइयो


हुगली, 30 मई (हि.स.)। पञ्चायत एवं ग्रामीण विकास तथा पशुपालन विकास एवं कृषि विपणन मन्त्री दिलीप घोषले शनिवार वैद्यबाटीमा कृषि एवं विपणन विभागका अधिकारीहरूसित एक महत्वपूर्ण समीक्षा बैठक गरे।

वैद्यबाटीको दिल्ली रोडस्थित नेताजी सुभाष कृषि विपणन प्रशिक्षण संस्थानमा आयोजित सो बैठकमा राज्यका विभिन्न जिल्लाहरूूबाट आए कृषि एवं विपणन विभागीय अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकको मुख्य उद्देश्य विभागीय कार्यहरूको समीक्षा गर्नु तथा उपलब्ध संसाधनहरूलाई अधिक प्रभावकारी ढङ्गमा उपयोग गर्नेमाथि चर्चा गर्नु थियो।

बैठकमा विशेष रूपमा विभाग अधिनस्थ सञ्चालित सरकारी गोदाम औ विपणन केन्द्रहरूको स्थितिमाथि विचार-विमर्श गरियो। समीक्षामा कतिपय स्थानहरूमा सरकारी गोदाम तथा पसलहरूको समुचित उपयोग नभइरहेको तथा कतिपय स्थानहरूमा उपलब्ध सुविधाहरूको सही ढङ्गमा सञ्चालन नभएको पाइयो। मन्त्रीले अधिकारीहरूलाई यी कमी-कमजोरीहरूकोसमाधान गर्ने तथा परिसम्पत्तिलाई सही ढङ्गमा उपयोग गर्नको लागि आवश्यक कदम उठाउने निर्देश दिेए।

यस अतिरिक्त विभिन्न कार्यालयहरूमा कर्मचारीहरूको सङ्ख्या, कार्यक्षमता औ विभागीय उत्पादकता जस्ता विषयहरूमाथि पनि विस्तार पूर्वक चर्चा गरियो। बैठकमा यस कुरामाथि बल दिइयो, विभागहरूको कार्यक्षमतालाई बढ़ाएर आय वृद्धि कसरी गर्न सकिन्छ तथा किसान अनि सम्बन्धित हितधारकहरूलाई श्रेष्ठ सेवा कसरी उपलब्ध गराउन सकिन्छ।

सूत्र अनुसार बैठकमा कृषि विपणन व्यवस्थालाई अधिक सुदृढ़ बनाउने, सरकारी बुनियादी ढाँचाको अधिकतम उपयोग सुनिश्चित गर्ने औ विभागीय राजस्व बढ़ाउनको लागि केही महत्वपूर्ण सुझाउहरूमाथि विचार गरियो। मन्त्रीले अधिकारीहरूसित धरातलीय स्तरमा कार्यको नियमित निगरानी राख्ने तथा उपलब्ध संसाधनहरूको प्रभावकारी प्रयोगलाई सुनिश्चित गर्ने आह्वान गरे।

दिलीप घोषले भने, सरकारको प्राथमिकता विभागीय संसाधनहरूलाई सही ढङ्गमा उपयोग गरी कृषि एवं विपणन क्षेत्रलाई अधिक मजबुत बनाउनु हो ताकि किसानहरूलाई अधिक सुविदा प्राप्त होस् अनि सरकारी परिसम्पत्तिहरूको पूर्म लाभ जनतासम्म पुग्न सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande