
शिमला, 30 मई (हि.स.)। प्रदेश कङ्ग्रेस अध्यक्ष विनय कुमारले हिन्दी पत्रकारिता दिवसको अवसरमा हिन्दी जगतका सबै पत्रकारहरूलाई शुभकामना दिँदै भनेका छन्, मातृभाषा हिन्दीको प्रचार-प्रसार अनि जनजागरणमा हिन्दी पत्रकारिताको अतुलनीय योगदान रहिआएको छ।
आफ्नो शुभकामना सन्देशमा विनय कुमारले भने, देशको स्वाधीनता आन्दोलन अवधि हिन्दी पत्रकारिताले राष्ट्रप्रेमको भावनालाई जन-जनसम्म पुऱ्याउन तथा मानिसहरूलाई एकजुट गर्नमा महत्वपूर्ण भूमिका निभायो। उनले भने, हिन्दी पत्रकारिताले देशलाी स्वाधीनता दिलाउने सङ्घर्षमा एक सशक्त माध्यमको रूपमा काम गऱ्यो भने समाजलाई जागरूक बनाउनमा अहम योगदान दियो।
उनले भने, आज पनि हिन्दी पत्रकारिताले देशमा एक विशेष स्थान राख्दछ। देशको ठूलो जनसङ्ख्या आफ्नो समस्या, जनहितका मुद्दा तथा सामजिक सरोकारहरूलाई हिन्दी मीडियाको माध्यमबाट सरकार तथा समाज समक्ष प्रभावकारी ढङ्गमा राख्दछ। लोकतन्त्रलाई मजबुत बनाउनमा हिन्दी पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण छ।
प्रदेश कङ्ग्रेस सङ्गठन महासचिव विनोद ज़िन्टाले पनि हिन्दी पत्रकारिता दिवसमा पत्रकारहरूलाई शुभकामना दिँदै उनीहरूक साहसिक, निष्पक्ष औ जनहितसित जोड़िएका कार्यहरूको सराहना गरे। उनले भने, पत्रकारहरूले लोकतन्त्रको चौथो स्तम्भको रूपमा सही दिशा दिने महत्वपूर्ण कार्य गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा