राजीनामा दिएको केही घण्टापछि टिटागढ़का पार्षद इनाम खान पक्राउ
राजीनामा दिएको केही घण्टापछि टिटागढ़का पार्षद इनाम खान पक्राउ


कोलकाता, 30 मई (हि.स.)। उत्तर 24 परगना जिल्लाको टिटागढ़ नगरपालिकाको वार्ड संख्या 12- का पार्षद पदबाट राजीनामा दिएको केही घण्टा नबित्दै इनाम खानलाई पुलिसले पक्राउ गऱ्यो। खड़दह थाना पुलिसले गए शुक्रवार अबेर राति उनलाई टिटागढ़स्थित उनको आवासबाट हिरासतमा लिएको हो।

स्थानीय सूत्र अनुसार इनाम खानमाथि धम्की दिएको, कथित रूपमा असुली गरेको तथा अन्य अवैध गतिविधिहरूमा संलिप्त रहेको आरोप पछिल्लो लामो समयदेखिकै लाग्दै आइरहेको थियो। तर सत्ताधारी दलसित सम्बन्ध रहेको कारण स्थानीय मानिसहरूले खुलेर सिकायत गरेका थिएनन्। राजनीतिक परिस्थिति परिवर्तन हुनसाथ उनीको विरोधमा उठेका स्वरहरू चर्को भएका छन्।

टिटागढ़ नगरपालिकामा गए शुक्रवार तृणमूल कङ्ग्रेसलाई ठूलो झट्का लाग्यो जतिबेला उपाध्यक्ष सहित 6 जना पार्षदहरूले आफ्नो पदबाट राजीनामा दिए। 21सदस्यीय बोर्डमा दुई जना पार्षदको पहिला नै निधन भइसकेको छ। शुक्रवार पूर्व नगर प्रमुख प्रशान्त चौधरी (वार्ड 16), उपाध्यक्ष मोहम्मद जलिल (वार्ड 19), मुजिबर रहमान (वार्ड 18), आशा शर्मा (वार्ड 7), सरस्वती दास (वार्ड 20) तथा इनाम खान (वार्ड 12)-ले राजीनामा पत्र सुम्पिएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande