
कोलकाता, 30 मई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले अन्नपूर्णा योजनालाई लिएर व्याप्त आशङ्काहरूलाई सुल्झाउने प्रयास गर्दै भनेका छन्, फारम भर्नको लागि सरकारी प्रतिनिधिहरू प्रत्येक लाभार्थीको घरमा जानेछन्। उनले मानिसहरूलाई कुनै पनि प्रकारको अफवाहमाथि ध्यान नदिने तथा पात्र महिलाहरूलाई योजनाको लाभ प्राप्त हुने भरोसा राख्ने अपील गरे।
शनिवार बिहान बिधाननगरस्थित एक अस्पतालमा आयोजित गर्भाशय ग्रीवा क्यान्सरको खोप कार्यक्रममा सामेल हुने क्रममा मुख्यमन्त्रीले भने, अन्नपूर्णा योजना अन्तर्गत पहिलो चरणको राशि आगामी बुधवार लाभार्थीहरूको ब्याङ्क थखातामा पठाइनेछ।
मुख्यमन्त्रीले भने, “फारम भर्नका लागि मानिसहरूको घर-घरमा सरकारी प्रतिनिधिहरू जानेछन् र आवश्यक प्रक्रिया पूरा गराइनेछ। कुनै पनि प्रकारको अफवाहमा ध्यान दिने आवश्यकता छैन। सबै पात्र लाभार्थीहरूलाई योजनाको लाभ प्राप्त हुनेछ।”
उनले भने, सरकार यो सुनिश्चित गर्न चाहन्छ कि योजनाको राशि वास्तविक लाभार्थीहरूसम्म पुगोस्। सीएम अनुसार अपात्र व्यक्ति वा पुरूषहरूलाई यस योजनाको लाभ प्राप्त नहोस्, यसको लागि आवश्यक जाँच गरिँदैछ।
मुख्यमन्त्रीले भने, उनको सरकार सङ्कल्प पत्रमा गरिएका प्रत्येक वाचालाई पूरा गर्नको लागि प्रतिबद्ध छ भने अन्नपूर्णा योजना पनि त्यै दिशामा एउटा महत्वपूर्ण कदम हो।
सरकार अनुसार 25-देखि 60 वर्ष आयु वर्गका महिलाहरूले यस योजनाको लाभ उठाउन सक्नेछन्। तथापि आयकरदाता, सरकारी कर्मचारी, नियमित वेतन भोगी तथा पेन्शन प्राप्त गर्ने महिलाहरू यसको दायरमा पर्ने छैनन्।
योजनाको आवेदन पत्रमा परिवारको आर्थिक औ सामाजिक स्थितिसित सम्बन्धित विस्तृत जानकारी मागिएको छ। त्यसैले केही वर्गद्वारा यस आवेदन प्रक्रियालाई सरल बनाउने माग पनि गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा